उपभोक्ता संरक्षण ऐन उल्लंघन, अर्घाखाँची सिमेन्टलाई २ लाख जरिवाना

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

12
Share
Featured
  • अर्घाखाँची सिमेन्टलाई उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको भन्दै २ लाख ५ हजार रुपैयाँ जरिवाना लगाइयो।
  • अनुगमनका क्रममा अनुचित व्यापारिक/व्यवसायजन्य गतिविधि, जस्तै गुणस्तर, नापतौल वा मूल्यसम्बन्धी समस्या पाइएको विभागले बतायो।
  • तिरूपति फुड प्रोसेसिङ लाई पनि त्यही मात्रामा जरिवाना, पञ्चकन्या स्टिललाई सामान्य निर्देशन, र मिनरल वाटर तथा बेभरेज उद्योगमा स्थलगत अनुगमन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि विभागले उक्त कारबाही गरेको हो ।

विभागले आइतबार रुपन्देही र काठमाडौंका विभिन्न उद्योग तथा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा अर्घाखाँची सिमेन्टले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको पाइएको थियो ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार, वस्तुको गुणस्तर, परिमाण, मूल्य, नापतौल वा ढाँचामा अनुचित क्रियाकलाप गरेको कसुरमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको हो ।

यसैगरी, विभागले रुपन्देहीको तिरूपति फुड प्रोसेसिङ इन्डस्ट्रिजलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने पञ्चकन्या स्टिललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार विभिन्न मिनरल वाटर तथा वेभरेज उद्योगहरूमा पनि स्थलगत अनुगमन गरेको थियो ।

यो समाचारमा

काठमाडौँरुपन्देही

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्से ३० अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले घट्दै करिब आठ महिनायताकै न्यून स्तरमा पुगेको छ। बजार ३०.६० अंकले ओरालो लागेर २,५७०.७१ विन्दुमा बन्द भएको हो । यो स्तर गत मंसिर ४ पछिकै सबैभन्दा कम हो ।परिसूचकमा तीव्र गिरावट आए पनि लगानीकर्ताको सक्रियता भने

    Data is loading...

    Loading brands...

    Loading footer...