नेप्से परिसूचकमा सामान्य गिरावट आउँदा १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

16
Share
Featured

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ अंकले ओरालो २०६.६८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले ओरालो लागेर ४५३.६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१५ अंकले १७८.५२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ०.१९ अंकले घटेर १५३.४७ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो । आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 'नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना' को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न चीन सरकार, सिडका (CIDCA) र एफएओ (FAO) जस्ता साझेदारहरूको भूमिका महत्वपूर्ण हुने

    Data is loading...

    Loading brands...

    Loading footer...