नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

14
Share
Featured
  • नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जना सहभागीमध्ये ४८ जनाले सफलतापूर्वक रगतदान गरे।
  • कार्यक्रमको शुभारम्भ रामजी बगाले, अध्यक्ष शोभा अर्याल र सचिव रमेश बोहोराले रगतदान गरेर गरे, र विभिन्न संगठनका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रह्यो।
  • रगत अभाव हटाउन र जागरूकता फैलाउन गरिएको कार्यक्रममा सहभागिता जनाउने सबैप्रति शाखाले विशेष धन्यवाद व्यक्त गर्दै यसलाई वार्षिक कार्यक्रम बनाइने घोषणा गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। 

शनिबार छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका हुन््।

कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्।

रक्तदानमा उल्लेखनीय उपस्थिति जनाउँदै साथ–समर्थन प्रदान गर्ने महानुभावहरू प्रति शाखाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा जनसवाल दैनिकका रामजी बगाले,  प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही, निवर्तमान अध्यक्ष सूर्य सुवेदी लगायत पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरूको सहभागिता उल्लेखनीय थियो।

त्यसैगरी कार्यक्रम स्थलमा उपस्थित भइ हौसला प्रदान गर्ने केंद्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, एल.एस. लामा, प्रदेश अध्यक्ष टेनिस रोका, प्रेस सेन्टर प्रदेश अध्यक्ष लोकेश लिम्बु, युनियन काठमाडौं अध्यक्ष महेश्वर गौतम, सेन्टर अध्यक्ष राममणि घिमिरे, चौतारी अध्यक्ष लक्ष्मण शर्मा, समाजवादी प्रेस संगठन काठमाडौं अध्यक्ष भिम लामा, ललितपुर अध्यक्ष निरोज तोलाङगे, पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्की, भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, प्रेस सेन्टर भक्तपुर अध्यक्ष मदन ढुगाँना लगायत सबै प्रति अध्यक्ष अर्यालले विशेष धन्यवाद व्यक्त गरेकी छन्।

अध्यक्ष शोभा अर्यालले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने शाखाका पदाधिकारी तथा सदस्यहरू नै शाखाका वास्तविक खम्बा रहेको उल्लेख गर्दै गहिरो कृतज्ञता व्यक्त गरेकी छन्। अर्यालले रक्तदान जिवनदान भएको जनाउदै प्रत्यक वर्ष कार्यक्रम गर्ने बताइन् ।

अध्यक्ष अर्यालले ‘जेनजी’ प्रदर्शनपछि नेपाल रेडक्रस सोसाइटी र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले पत्रकार र सामाजिक अभियन्ताको सक्रिय सहभागितामा हुने यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जागरूकता र प्रेरणा थप फैलिने विश्वास व्यक्त गरिन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन्।

यो समाचारमा

नेपाल रेडक्रस सोसाइटीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...