चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

11
Share
Featured
  • रौतहटमा सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा हातहतियारसहित २२ वर्षीय सुमन आचार्यलाई देउराली चोकबाट पक्राउ गरेको छ।
  • उनको साथबाट ९ मिमि ब्राउनिङ पिस्तौलका दुई म्याग्जिन, १३ राउन्ड गोली, खुकुरी, मोबाइल, एटिएम कार्ड र झोला बरामद गरिएको छ।
  • घटनाबारे आवश्यक अनुसन्धान सशस्त्र प्रहरी बल नम्बर ११ गण रौतहटले जारी राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। 

चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन, 

बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एटिम एक थान,लाईसेन्स रसिद एकथान र झोला एक थान बरामद गरिएको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।

यो समाचारमा

नेपालसशस्त्र प्रहरी बलरौतहटकाठमाडौँ
मकवानपुर6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...