काठमाडौंको मल्ल वंश।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन मंसिरमा गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय समितिले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नभएकाले मंसिर २७-२८ गतेतिर विशेष महाधिवेशन गर्नु निर्विकल्प भएको उनको भनाइ छ ।
महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन हुनु अनिवार्य रहेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुने स्पष्ट पार्दै निर्वाचनमा भाग नलिने घोषणा गरेका दलहरूलाई पनि संवादमार्फत सहभागी गराउन प्रयास गरिने बताए ।
थापाले निर्वाचनका लागि सरकारलाई सहयोग र खबरदारी गर्ने उल्लेख गरे । उनले राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउने वातावरण बनाउन सरकार गम्भीर नभएको आरोप लगाए ।
"केही राजनीतिक दल र समूहले उत्तेजना र प्रतिशोध फैलाउने काम गरिरहेका छन्," थापाले भने, "उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ ।" उनले फागुन २१ को निर्वाचनबाहेक देशको जटिलताको अर्को निकास नभएको पनि बताए ।