सरकार मुलुकलाई थप संकटमा पुर्याउन अग्रसर छ : महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

15
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् ।  

शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन् । 

उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे । 

उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ ।’

नेता पोखरेलले जेनजीको आवरणमा सत्तामा पुगेको सरकारले राजनीतिक दलहरुको वेवास्था गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

उनले भने, ‘विध्वंशको जडमा र जेनजीको आवरणमा सत्तामा पुगेको यो सरकारले हरेक अंशलेसनको सिद्धान्तलाई वेवास्था गर्दै गर्दैछ । फागुन २१ गते चुनाव गर्ने हो भन्दैछ तर नेपालका प्रमुख राजनीतिक दलहरु जो जनताले विश्वास गरेका जनताका नेतालाई अहिलेको प्रधानमन्त्री भेट्न पनि चाहँदिनन् भन्ने गरेको सुनेका छौ । संक्रमणकालको व्यवस्थापन यस प्रकारको चेतनाबाट किमार्थ सम्भव हुन सक्दैन ।’

उनले नेपालको राजनीतिक इतिहासमा हरेक राजनीतिक आन्दोलन पछिको व्यवस्थापनको सन्दर्भमा पूरानो शासन व्यवस्थामा रहेका व्यक्तिहरुलाई समेत शान्तिको प्रक्रियामा ल्याउने काम हरेक पटक भएको पनि स्मरण गरे । 

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बागमती प्रदेशशंकर पोखरेलनेपाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार

    Data is loading...

    Loading brands...

    Loading footer...