बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

15
Share
Featured
  • बेलायतमा रहेका लोकतन्त्रवादी नेपालीहरूले आगामी आम चुनावअघि नै नेपाली कांग्रेसले १५औं महाधिवेशन आयोजना गरी रूपान्तरण, आत्मसमीक्षा र नयाँ नेतृत्वसहित जनतामाझ जान आग्रह गरेका छन्।
  • उनीहरूले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचारविरुद्धको आन्दोलन र कांग्रेसको रक्षात्मक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अग्रगामी निर्णय गरी मुलुकलाई स्पष्ट दिशा दिन नेतृत्वलाई आह्वान गरेका छन्।
  • बीपी कोइरालाको विरासतलाई स्मरण गर्दै जारी विज्ञप्तिमा पार्टीले ढिलाइ नगरी सुधार र निकासतर्फ अघि बढ्नुपर्ने तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भनिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली काँग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।

शुक्रबार  एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नुपर्ने एवं  नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्ने जनाएका छन्।

‘विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई  नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औं महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौं।  परिवर्तनलाई आत्मसात नगरी तथा  शुद्धिकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छंदैछ, हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय  एकता र सार्वभौमिकता माथि नै खलल  पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा केन्द्रीय समितिका सबै  सदस्यज्यूहरुलाई जति सक्दो चाडो अग्रगामी निर्णय गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौं।  यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरुलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘सुशासन  तथा भ्रस्टाचार अन्त्यको माग सहित गत  सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न संदेश दिएको हाम्रो ठम्याइ छ।  नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय संग हामी ऐक्यबद्धता जनाउँछौं।  यद्यपि  नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात गर्न  मूलधारका प्रमुख दलहरुले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ।  २००७ साल देखि नै नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो पार्टी नै यस पटक रक्षात्मक स्थितिमा देखिएको छ ।  कांग्रेसका नेता कार्यकर्ताहरुको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरुमा तोडफोड  र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल विद्यार्थी संघका पूर्व महामंत्री  विश्व आदर्श पण्डित, डा सम्पूर्णानन्द ढुंगाना, गजेन कटुवाल, डा बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट,  इराम राज शर्मा, शान्त विनोद लामिछाने,  बिजन भट्ट, वेदराज पराजुली लगायतद्वारा जारी विज्ञप्तिमा बीपी कोइरालाजस्ता नेताहरुले नेतृत्व गरेको कांग्रेस  पार्टीले थप अलमल नगरी यथाशिघ्र देशलाई निकास दिने गरी निर्णय गर्न आग्रह पनि गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपालनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...