बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

16
Share
Featured
  • वसन्तपुर कुमारी घरबाट २०५६ सालमा चोरी भएको तोरण बेलायतको संग्रहालयबाट फिर्ता ल्याई शुक्रबार पुनःस्थापित गरिएको छ।
  • महानगरपालिका, सम्पदा समिति र स्थानीय सरोकारवालाको समन्वयमा तोरण पूर्ववत् स्थानमा राखिएको हो, जसलाई सांस्कृतिक सम्पत्ति संरक्षणको महत्वपूर्ण अभ्यास मानिएको छ।
  • युनेस्को १९७० महासन्धिको आधारमा फिर्ता गराइएका यस्ता हराएका कलाकृतिहरूले कुमारी घरको ऐतिहासिक स्वरूप पुनःस्थापनामा योगदान पुर्‍याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । 

वि.सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । 

तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, कुमारी घर रहेको वडाका अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए । उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औठाछाप लगाएर फिर्ता ल्याएका हुन् । त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयबासीहरुको उल्लासमय सहभागिता थियो ।  

प्राचीन स्मारक ऐन २०१३ को दफा २० (क) मा भएको व्यवस्था अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको बस्तु संरक्षणको शिफारिसमा सम्बन्धित गुठियारलाई पूर्ववत् स्थानमा राख्ने गरी तोरण फिर्ता फिर्ता गरिएको हो । कुमारी घरको भुइँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताव्दीमा काठबाट निर्माण भएको हो । यो १०४.५५ सेन्टिमिटरको छ । 

यो तोरण पुनःस्थापना गरेपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, अन्य स्थानबाट हराएका कलाकृति, बस्तु तथा आकृति पुनःस्थापनाको असल अभ्यास प्रारम्भ भएको प्रतिक्रिया दिनुभयो । यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले यस अवसरलाई गौरवमय क्षणका रुपमा स्मरण गर्न चाहेको बताए । वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले, वडाको प्राचीन स्वरुप पुनःस्थापित हुँदै गएकोले थप काम गर्न प्रोत्साहित भएको बताए । 

कुमारी घरका संरक्षक गौत्तम शाक्यका अनुसार यी २०५६÷०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् । ‘तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले मर्मत गर्न लगेको भनेर जवाफ दिएछन्,’ शाक्यले भने, ‘३ महिनाभित्र ३ वटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् । ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो ।’ 

कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालको दूताबासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो । 

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् । 

कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो ।

यो समाचारमा

काठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...