यस्ता छन्, आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

41
Share
Featured

काठमाडौँ


मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदीश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन 

१. बंगलादेशको ढाकामा २०८२ मंसीर १० र ११ गते आयोजना हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्य समूह तथा संयुक्त संचालक समितिको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री चिरञ्जीवी चटौतको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ।

२. नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

३. नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय भएको छ।

४. लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा श्री दीपक श्रेष्ठ, गोर्खालाई मनोनित गर्ने निर्णय भएको छ।

५. उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना तथा दरबन्दी तेरीज स्वीकृत गर्ने निर्णय भएको छ।

६. २०८२ मंसीर ८ देखि १२ गतेसम्म चीनको सिजाङ स्वाशासित क्षेत्र स्थित ल्हासा शहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य श्री रिना रानालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

यो समाचारमा

जगदीश खरेलबंगलादेशलुम्बिनी विकास कोषकाठमाडौँ
ढाका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...