चिनियाँ नीतिलाई गहन रुपमा बुझेर नेपालले धेरै सिक्नुपर्छ : देवराज घिमिरे

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार २०:१६

23
Share
Featured
  • पूर्वसभामुख देवराज घिमिरेले चीनको जनप्रतिनिधित्व प्रणाली र वैज्ञानिक ढङ्गबाट जनमत संकलन गर्ने प्रक्रियाबाट साना मुलुकहरूले सिक्नुपर्ने बताएका छन्, चीनबारे प्रचलित धारणाहरूमा बहस आवश्यक रहेको उल्लेख गरे।
  • चीनका पूर्वराजदूत लीलामणी पौडेलले बीआरआइबारे नेपाली समाजमा गलत बुझाइ रहेको बताउँदै, बीआरआइ विकासका अवसर हो कि चुनौती भन्नेबारे स्पष्ट समझ बनाइनुपर्ने धारणा राखे।
  • विश्लेषक डा. युवराज संग्रौलाले ‘चिनियाँ दृष्टिकोण’ पुस्तक सूचनात्मक र उपयोगी रहेको बताउँदै नेपाल–चीन सम्बन्ध र वीआरआइ लगानीबारे पुस्तकले स्पष्ट बुझाउन सहयोग गर्ने उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चीनबाट साना मुलुकले वैज्ञानिक ढङगबाट जनताका विचार, मत र जनताको प्रतिनिधित्व गर्ने प्रक्रियाहरु सिक्नुपर्ने बताएका छन् ।  

शुक्रबार पत्रकार चेतनाथ आर्चायद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ नामक पुस्तक लोकार्पण कार्यक्रम कार्यक्रममा बोल्दै उनले  

‘शान्ति, सहअस्वित कायम राख्नका लागि साना ठूला राष्ट्रहरुको स्वतन्त्रताको लागि, जनताको सार्वभौम सत्ताको लागि र गरिबी अन्त्य गर्दै समानतामा आधारित मानव जातिको उन्नतिका लागि चीनले लिएको नीतिहरु सहि छन् कि गलत भन्ने कुरामा बहस हुनुपर्छ । चिनियाँ दृष्टिकोणको बारेमा बहस गरेर मुलुकले सिक्नुपर्ने कुराहरु थुप्रै छन्,’ उनले भने । 

घिमिरेले अगाडि भने,‘चीनमा लोकतन्त्र छैन । आवधिक निर्वाचन हुँदैन । सत्ता परिवर्तन वा सरकार परिवर्तन हुँदैन । चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा निरङकुशता लाद्ने काम गरिन्छ र त्यसको विरुद्ध बोल्नेलाई  दमन गरिन्छ भन्ने व्यापक प्रचार छ । तर चिनिया लोकतन्त्र कस्तो छ र त्यसले कस्तो माध्यमबाट कसरी ८० प्रतिशत भन्दा बढी जनमत लिएर निर्णय गर्छ भने वैज्ञानिक ढङगबाट बुझ्नसक्नुपर्छ ।’ उनले चीनले जनताका विचार, मतहरु र जनताको प्रतिनिधित्व गर्ने सिस्टमको विकास गरेको पनि बताए । 

चीनका लागि राजदूत भइसकेका नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौडेलले चीनको वीआरआइ परियोजनाबारे नेपाली समाजमा निम्सरो बुझाइ रहेको औंल्याए । उनले बीआरआइलाई कुनै विकासको मुल फुटाउने योजना नभइ विकासका लागि अवसर हो कि चुनौति हो भन्नेमा नेपालीहरु स्पष्ट हुनुपर्ने बताए । 

‘बीआरआइ प्रोजेक्टबारे दर्जनौं देशले फाइदा लिएको कुरा भन्दा पनि फेल भएका विषयहरु चर्चामा आउँदा गलत भाष्य निर्माण भएको छ,’ उनले भने,‘लेखक आचार्यले लेख्नुभएको पुस्तकमा यस्ता कुरामा बुझाउन सक्नुपर्ने थियो । साथै पुस्तकले नेपाल र चीन सम्बन्धका बारेमा स्पष्ट रुपमा बोलेको छ ।’

त्यस्तै विश्लेषक डा. युवराज संग्रौलाले पुस्तकका बारेमा चर्चा गर्दै सुचनात्मक र विश्लेषणात्मक रहेको बताए । उनले नेपाल र चीनबीचको वीआरआई लगानीबारे पुस्तकले स्पष्ट उल्लेख रहेको औंल्याउँदै नेपाल–चीन सम्बन्धबारे बुझ्न पुस्तक उपयोगी भएको बताए । चीनसँग १६ सय पुरानो लगानीको सम्बन्ध रहेको उल्लेख गर्दै डा.संग्रौलाले मुलुकले आर्थिक विकास नगरे चीन र भारतले नेपालमा फुटबल खेल्नसक्ने बताए ।

‘चिनियाँ दृष्टिकोण’ पुस्तकका लेखक अर्थात चिनिया रेडियो इन्टरनेशनल नेपाली शाखाका विदेश मामिला विज्ञ आचार्यले कुनैपनि मुलुकले चिनियाँ दृष्टिकोण बुझ्न एक पटक पुस्तक पढ्न आग्रह गरे । 

यो समाचारमा

देवराज घिमिरेचीननेपालकाठमाडौँ

ट्यागहरू

#नेपाली शाखा#डा. युवराज संग्रौला#मत र जनताको प्रतिनिधित्व#चीन लोकतन्त्र#प्रतिनिधि सभाका सभामुख#वैज्ञानिक ढङग#देवराज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    sajilo patrika

    डोटीदेखि कालिकोटसम्म पहिरोको वितण्डा, प्रकोप न्यूनीकरणको कार्ययोजना ल्याउन सांसदहरूको माग

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

    भर्खरै

    News Image

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    News Image

    डोटीदेखि कालिकोटसम्म पहिरोको वितण्डा, प्रकोप न्यूनीकरणको कार्ययोजना ल्याउन सांसदहरूको माग

    News Image

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    News Image

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू