दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

20
Share
Featured
  • इलामको अर्गानिक अदुवा र अलैँची दुबई ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा प्रदर्शन भई विश्वव्यापी व्यापारीहरूको ध्यान आकृष्ट गरेको छ।
  • ताइवानी प्रविधि र नेपाली श्रमको संयोजनबाट उत्पादन गरिएको अदुवाको उच्च गुणस्तर र उत्पादन दर अन्तर्राष्ट्रिय बजारका मापदण्ड अनुसार प्रमाणित भएको छ।
  • यस सफलताले नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय निर्यात सम्भावना बढाउने, स्थानीय किसानको आर्थिक अवस्था सुधार्ने र रोजगारी सिर्जना गर्ने विश्वास बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।

सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अलैँचीले विश्वभरका व्यापारी र खाद्य उद्यमीहरूको ध्यान आकर्षित गरेका छन् ।

शेख जायद रोडको छेउमा रहेको दुबईको मुख्य व्यापारिक केन्द्रमा आयोजित यस एक्सपोमा ताइवानमा आधारित विश्वव्यापी व्यापारिक कम्पनी क्रिक एग्रीकल्चरले इलामको सूर्योदय नगरपालिकामा उत्पादित आफ्ना अर्गानिक उत्पादनहरू प्रदर्शन गरेको हो ।

एक्सपोमा आएका विश्व बजारका प्रतिनिधिहरूले ताइवानी प्रविधि प्रयोग गरी नेपालको माटोमा उत्पादन गरिएको  अदुवाको गुणस्तर र नेपाली कृषकहरूले परम्परागत विधिबाट तयार पारेको अलैँचीको अद्वितीय सुगन्धको विषयमा गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् ।

क्रिक एग्रीकल्चरका प्रतिनिधि तथा नेपालको व्यवस्थापन हेरिरहेको आर के एग्रो कम्पनी प्रा. ली. (विराटनगर) का प्रोप्राइटर राम सिटौलाका अनुसार नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारको गुणस्तर मापदण्ड अनुसार तयार पारी यस एक्सपोमा ल्याइएको हो ।

‘विश्वका व्यापारीहरूले नेपालमा ताइवानी प्रविधि र नेपाली श्रमको संयोजनबाट यति उच्च गुणस्तरको उत्पादन भएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसले नेपाली कृषि उत्पादनको निर्यात सम्भावनालाई थप उजागर गरेको छ,’ सिटौलाले भने ।

‘ताइवानमा जरा गाडेको, विश्वका लागि बनेको’ भन्ने नारासहित एसियाबाट उच्च गुणस्तरका कृषि उत्पादनहरू प्रवद्र्धन गर्ने उद्देश्यले कार्यरत क्रिक एग्रीकल्चरले नेपालमा अदुवाको पाइलट परियोजना सञ्चालन गरिरहेको छ ।

गत वर्षदेखि इलामको सूर्योदय नगरपालिका वडा नं. ८ मा ताइवानबाट ल्याइएको उन्नत अदुवाको बीउ प्रयोग गरी उत्पादनको थालनी गरिएको थियो ।

यस परियोजनाले आशातीत सफलता हात पारेको छ । ताइवानमा सामान्यतः १ मन बीउबाट ३० मनसम्म उत्पादन हुने सो अदुवा नेपालको माटोमा पनि १ मन बीउबाट २० मनको हाराहारीमा उत्पादन भएको कम्पनीको अनुमान छ । नेपालको परम्परागत खेती प्रणालीको तुलनामा यो उत्पादन दर निकै उच्च हो । 

कम्पनीका अनुसार, यो वर्षदेखि अर्गानिक अदुवाको बीउ उत्पादनमा समेत काम गर्न सुरु गरिएको छ ।  यो कदमले उच्च गुणस्तरको बीउ आयातमाथिको निर्भरता घटाउने र स्थानीय किसानहरूलाई फाइदा पु¥याउने विश्वास लिइएको छ ।

यस अन्तर्राष्ट्रिय सफलताबाट स्थानीय निकाय र जनप्रतिनिधिहरू पनि उत्साहित बनेका छन् । सूर्योदय नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जंगबहादुर गुरुङ्गले इलामको उत्पादनलाई विश्वव्यापी मञ्चमा पु-याउने यस प्रयासको सराहना गरे । 

‘इलामको उत्पादनले विश्व बजारमा आफ्नो पहिचान बनाउनु हाम्रा लागि गर्वको विषय हो । कम्पनीको पाइलट परियोजनामा वडाले समेत नजिकबाट अनुगमन, मूल्याङ्कन र आवश्यक सहजीकरण गरिरहेको छ । यस्ता परियोजनाले स्थानीय किसानको आर्थिक अवस्था सुधार गर्न र रोजगारी सिर्जना गर्न मद्दत पुग्छ,’ वडा अध्यक्ष गुरुङ्गले भने ।

इलामको यो सफलताले नेपाली कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रशोधन र प्रवद्र्धन गर्न सकेमा मध्यपूर्व, युरोप र अन्य विकसित बजारमा ठूलो निर्यात क्षमता रहेको प्रमाणित गरेको छ ।

क्रिक एग्रीकल्चर जस्ता कम्पनीहरूले अपनाएको करार खेती र गुणस्तर मापदण्डको प्रणालीले भविष्यमा नेपालको अदुवा, अलैँची, चिया र जडीबुटीहरूलाई विश्व बजारमा स्थापित गर्न महत्त्वपूर्ण आधार तयार पार्ने देखिएको छ ।

यो समाचारमा

सूर्योदय नगरपालिकाकाठमाडौँइलामनेपाल
संयुक्त अरब इमिरेट्स4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...