एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

19
Share
Featured
  • एनपीएल अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल दिउँसो ४ बजे टियु मैदानमा हुँदैछ।
  • पोखरा आफ्नो पहिलो खेलमा विराटनगरसँग हारेको थियो भने सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो।
  • पोखरालाई कुशल भुर्तेल र सुदूरपश्चिमलाई दिपेन्द्रसिंह ऐरीले नेतृत्व गरिरहेका छन्, दुवै टिममा राष्ट्रिय तथा उच्चस्तरीय विदेशी खेलाडी समावेश छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी दिपेन्द्र सिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

यो समाचारमा

कुशल भुर्तेलदिपेन्द्र सिंह ऐरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...