एनपीएल : चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

13
Share
Featured

काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । 

चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो । 

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । 

लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...