एनपीएल हेर्ने दर्शकका लागि निःशुल्क बस सेवा सुरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

18
Share
Featured
  • क्यानले एनपीएल खेल हेरेर फर्किने समर्थकका लागि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा निःशुल्क बस सेवा उपलब्ध गराउने; सवारी नभएका महिला, वृद्ध र अशक्तलाई प्राथमिकता।
  • सेवा तल्लो टीयू गेट र ल्याब स्कूल अगाडिबाट विभिन्न रुटमा सञ्चालन हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेरेर फर्किने समर्थकका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ।

क्यानले बुधबार सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा मुस्कान ट्राभल्ससँग सहकार्य गर्दै उक्त सेवा सुरु गर्ने जानकारी दिदै विशेषगरी आफ्नो सवारी साधन नभएका महिला, वृद्ध र अशक्तलाई प्राथमिकताका साथ सुविधा प्रदान गरिने उल्लेख गरेको छ।

सेवा तल्लो टीयू गेट र ल्याब स्कूलअगाडिबाट विभिन्न रुटमा सञ्चालन हुनेछ,

रुट–१ : टीयू गेट–स्वयम्भू–बालाजु

रुट–२ : टीयू गेट–स्वयम्भू–बालाजु–महाराजगन्ज

रुट–३ : टीयू गेट–बल्खु, कालीमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला–चाबहिल

रुट–४ : टीयू गेट–बल्खु, सातदोबाटो–कोटेश्वर

यो समाचारमा

नेपाल क्रिकेट संघकाठमाडौँबब्लु गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...