बाराको जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

16
Share
Featured
  • बारामा जेनजी युवाहरू र नेकपा एमाले समूहबीच झडप भएपछि जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरियो।
  • कफ्र्यु मंसिर ३ गते दिउँसो १२:३० देखि बेलुका ८ बजेसम्म लागू, विमानस्थल र आसपास ५०० मिटर क्षेत्रभित्र जमघट, जुलुस, सभा र प्रदर्शन निषेध।
  • बुद्ध एयरले असहज परिस्थितिका कारण आजको सिमरा–काठमाडौं सम्पूर्ण उडान स्थगित गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बारामा जेनजी युवाहरुको प्रदर्शनले स्थिति तनावपूर्ण बनेपछि जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । 

युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेतलगायत आउने जानकारी पश्चात  जेनजी युवाहरूले सिमरा चोकमा विरोध  गरेका थिए। त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा नेकपा एमाले आवद्ध समूहबीच झडप भएको थियो । 

दुई समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास कफ्र्यु आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मंसिर ३ गते दिउँसो  १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको उल्लेख गरेका छन । 

प्रशासनले जारी गरेको सूचनामा गण्डक नहरदेखि पथलैयासम्मको सडक–खण्ड दायाँ–बायाँ ५ सय मिटरभित्र र सिमरा विमानस्थलको परिसर आसपास ५ सय मिटरभित्र कफ्र्यू आदेश जारी भएको उल्लेख छ ।कफ्र्यु अवधिभर कुनै पनि किसिमका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । बुद्ध एयरको आजको सिमरा–काठमाडौं सम्पुर्ण उडान स्थगित गरेको छ ।  

एयरलाइन्सले सुचना जारी गर्दै असहज परिस्थितिका कारण आजको सम्पुर्ण सिमरा उडान स्थगित भएको जनाएको हो। अहिले जीतपुर सिमरा क्षेत्रको स्थिति सामान्य बन्दै गएको छ ।

यो समाचारमा

काठमाडौँसिमराबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...