डा. भट्टराईको भन्छन्-नेपाल इतिहासकै कमजोर मोडमा, सामूहिक प्रयासको आह्वान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

15
Share
Featured
  • डा. बाबुराम भट्टराईले नेपाल इतिहासकै सबैभन्दा कमजोर र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको गम्भीर टिप्पणी गरेका छन्।
  • संकटको घडीमा नेताहरूले भागबन्डा र खिचातानी होइन, सामूहिक रूपमा समस्याको समाधानमा जुट्नुपर्ने उनको आग्रह।
  • वर्तमान परिस्थितिलाई लिएर राजनीतिक नेतृत्व मात्र होइन, सम्पूर्ण समाजले आत्मसमीक्षा गर्नुपर्ने ठोकुवा गर्दै भट्टराईले चेतावनी दिएका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल र नेपाली समाज इतिहासकै सबैभन्दा कमजोर मोडमा पुगेको गम्भीर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रदेखि मनोबलसम्म सबै पक्ष अस्थिर र अन्योलले ग्रस्त रहेको बताएका छन्।

भट्टराईले भनेका छन्, "नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यति वेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।"

देश संकटमा रहेका बेला आपसी खिचातानी र भागबन्डामा समय खर्चिनु अनुचित भएको भन्दै उनले सबैलाई सामूहिक प्रयासमा जुट्न आह्वान गरेका छन्। "घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने बेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो," उनले थपे।

वर्तमान अवस्था केवल राजनीतिक नेतृत्वको मात्र नभई, सम्पूर्ण समाजले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनको भनाइ छ। "सबैले गम्भीर आत्म–समीक्षा गरौँ, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन," उनले चेतावनी दिएका छन्।

डा. भट्टराईको यो टिप्पणी जेनजी विद्रोहपछि देखिएको अस्थिर राजनीतिक वातावरण, कमजोर अर्थतन्त्र, सामाजिक निराशा र बढ्दो ध्रुवीकरणप्रतिको प्रतिक्रियास्वरूप आएको हो।

यो समाचारमा

बाबुराम भट्टराईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...