जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा लिनुपर्ने भीम रावलको ओलिलाई जिकिर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका छन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले भनाइ छ ।

त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको उनले बताए । उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेन-जी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरे ।

त्यस्तै उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्नेखालका सम्झौता गर्न नपाउने जिकिर गरे ।

अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए ।

रावलले कैदीबन्दी र हात हतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे । उनले मुलुकमा देखिएको चूनौतिलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरिएको बताए ।

यो समाचारमा

काठमाडौँरमेश लेखकनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...