बिहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

35
Share
Featured
  • बिहार विधानसभा चुनाव २०२५ मा एनडीएको प्रचण्ड बहुमत, भाजपा ८९ र जनता दल (युनाइटेड) ८५ सिटसहित, महागठबन्धनलाई भारी पराजय।
  • प्रधानमंत्री मोदीले एनडीएको विजयमा महिलामात्र होइन, युवाहरूको मतदान निर्णायक रहेको भन्दै आरजेडीको ‘जंगलराज’ आलोचना गरे।
  • मुख्यमन्त्री नितीश कुमार फेरि सत्तामा फर्किने तयारीमा; महिला रोज़गार योजना र महिलामैत्री नीतिहरू विजयीका मुख्य कारण।
  • चुनाव शान्तिपूर्ण र उच्च सहभागितासहित सम्पन्न, महिला सहभागिता ७१.६%, कांग्रेसले भोट चोरीको आरोप लगायो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बिहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो ।

एनडीएको अन्य घटक—लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन ग-यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।

उनले बिहारमा एनडीएको विजयले आगामी वर्ष पश्चिम बंगालमा हुने चुनावमा पनि भाजपालाई फाइदा पुग्ने दाबी गरे । मोदीले महिलाहरू र युवाहरूले निर्धारण गरेको नयाँ ‘एमवाई फार्मुला’—महिला र युवा—नै एनडीए विजयीको मुख्य आधार बनेको बताए । उनले आरजेडीको ‘जंगलराज’ र ‘कट्टा सरकार’ को आरोपलाई दोहोर्याउँदै अब त्यो शासनशैली कहिल्यै नफर्कने दाबी गरे ।

मुख्यमन्त्री नितीश कुमार फेरि सत्तामा फर्किन तयारी अवस्थामा छन्। विशेषगरी ‘मुख्यमन्त्री महिला रोजÞगार योजना’मार्फत १.२० करोडभन्दा बढी महिलालाई प्रदान गरिएको १०,००० रुपैयाँ भारु सहयोग र महिलामैत्री नीतिहरूलाई एनडीए विजयीका प्रमुख कारण मानिएको छ ।

नितीशले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनताप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री मोदी र गठबन्धनका सबै दलहरूलाई धन्यवाद दिए । २४३ सिटको विधानसभा मध्ये एनडीएले २०२ सिट जित्दै तीन–चौथाइ बहुमत प्राप्त ग-यो । सन् २०१० पछि दोस्रोपटक एनडीएले २०० भन्दा धेरै सिट जितेको हो । यसपटक महागठबन्धन निकै कमजोर देखियो—आरजेडीले २५, कांग्रेसले ६, सीपीआई (एमएल) ले २ र अन्य दलहरूले थोरै सिट मात्र जिते ।

कांग्रेसले भने चुनाव ‘ठूलो स्तरको भोट चोरी’ भएको आरोप लगाउँदै प्रधानमन्त्री, गृहमन्त्री र चुनाव आयोगलाई कठोर आरोप लगायो । प्रधानमन्त्री मोदीले कांग्रेसलाई “एमएमसी—मुस्लिम लिग माओवादी कांग्रेस” को संज्ञा दिँदै पार्टीभित्रै असन्तुष्ट समूह बढ्दै गएको दाबी गरे ।

उनले राहुल गाँधीको चुनावी अभियानका क्रममा पोखरीमा डुबुल्की लगाएको प्रसंग जोड्दै कांग्रेस ‘आफू र साथीसँगै डुबाउने अभ्यास’ गरिरहेको टिप्पणी गरे । मोदीले कांग्रेसलाई ‘परजीवी पार्टी’ भन्दै गठबन्धन दलहरूको मत बैंक ‘निल्ने’ आरोप पनि लगाए ।

यस वर्षको मतदान ऐतिहासिक रूपमा शान्तिपूर्ण र उच्च सहभागिता भएको छ। ६७.१३ प्रतिशत भोटिङ भएका मध्ये महिलाको सहभागिता ७१.६ प्रतिशत पुगे—पुरुषभन्दा करिब ९ प्रतिशत बढी । मोदीले विगतमा नक्सली गतिविधि र ‘जंगलराज’का कारण व्यापक पुनःमतदान हुने गरेको स्मरण गर्दै यसपटक एक ठाउँमा पनि पुनःमतदान हुन नपरेको बताउँदै निर्वाचन आयोग र सुरक्षा निकायको प्रशंसा गरे ।

यो समाचारमा

नयाँ दिल्लीनरेन्द्र  मोदीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...