एनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मुल्यांकन पछि गरौंला : पारस खड्का

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

18
Share
Featured
  • पारस खड्काले एनपीएललाई आर्थिकभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताए।
  • आठ टिमको लगानीले आर्थिक संरचना तयार भइसकेको उल्लेख।
  • दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै पुरस्कार राशि कायम।
  • क्यानले यसपटक ४० करोड उठाउने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् ।

शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् । खड्काले आठ वटा टिमहरुको लगानी अनुसार आर्थिक संरचना बनिसकेकाले अब खेललाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘आर्थिक संरचनालाई पूर्णता दिनेक्रममा आठवटा टीमहरुको लगानी छ । गतसाल पनि क्यानले सय करोड, एक अर्वको ट्रान्जेक्सन भएको अनुमान गरेको थियो । आठ वटा टिमले गरेको लगानीमा एउटा राम्रो आर्थिक संरचना बनिसकेको छ । थप पूर्णता दिनेक्रममा भर्खरै दोस्रो संस्करणमा प्रवेश गर्दैछौ । अहिले नै क्रिकेटको कायापलट हुने भयो भन्दा पनि प्रतियोगितालाई अझ व्यवस्थित कसरी गर्ने भन्ने कुरा प्रमुख हो ।’

उनले आफ्नो क्षमता अनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै नेपाल प्रिमियर लिग दोस्रो संस्करण सकिएपछि यसको मूल्याङक गर्ने बताए ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि भने पहिलो संस्करणकै कायम राखिएको खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए ।

एनपीएलको उदघाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

यो समाचारमा

नेपाल क्रिकेट संघपारस खड्काजनकपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...