धनुषामा गोली हानी वडाध्यक्षको हत्या

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

37
Share
Featured

काठमाडौँ


धनुषामा गोली हानी एक जना वडाध्यक्षको हत्या गरिएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानी हत्या भएको छ ।

गाउँमै एकजनाको श्राद्धको भोजमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि वडाध्यक्ष यादवले विवाद सामाधान गर्ने प्रयास गरिरहेको बेला स्थानीय शम्भु यादवले गोली हानी उनको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार शम्भु यादव प्रहरीमै कार्यरत्त छन् र विदामा गाउँ आएका हनु । सो घटनामा ४ जना सोही गाउँका घाइतेसमेत भएका छन् । उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा प्रहरीले हिजो रातीनै एक जनालाई पक्राउ गरिएको जानकारी दिएको छ भने घटनामा संलग्न अन्यहरुको खोजी भइरहेको छ ।

यो समाचारमा

मिथिला बिहारी नगरपालिकाजनकपुरकाठमाडौँधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...