राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजारभन्दा बढी नयाँ मतदाता थपिए

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured
  • राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता दर्ता प्रक्रिया सुरु भएपछि ८०,४५६ नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्।
  • निर्वाचन घोषणा भएपछि दर्ता भएका नयाँ मतदाताको कुल संख्या २८१,१२९ पुगेको छ, र दर्ता प्रक्रिया अझै जारी छ।
  • कात्तिक २७ देखि राष्ट्रिय परिचयपत्रमार्फत जैविक विवरण (फोटो, औंठाछाप) दिने व्यवस्था गरेपछि दर्तामा चाप बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र चार अन्य गरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन्।

योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ।

सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औंठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...