मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार १४:३९

13
Share
Featured

काठमाडौँ


नेपाली काँग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ले जानकारी दिए । 

जारी केन्द्रीय समितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन अधिवेशनका लागि  तहगत कार्यतालिका बनाई लागू गर्नुपर्ने बताए ।   

‘१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसिमा निर्धारण गरेर क्रियाशिल सदस्यता टुङ्ग्याउनु पर्ने, आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई गर्ने लागू गर्नुपर्छ,’ जोशीले ज्ञापनपत्र पढ्दै भने । 

यस्तै उनले नेपालको हरके संकटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका इतिहासले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको समेत बताए । 

 यस्ता छन्, ज्ञापनपत्रमा उल्लेख ७ बुँदे मागहरु 

१.१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियासिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसिमा निर्धारण गरेर क्रियासिल सदस्यता टुङ्ग्याउनु पर्ने ।

२.आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई गर्ने लागू

३. वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संसोधन गर्नुपर्ने ।

४. हालसम्म पनि पार्टीको आन्तरीक निर्वाचन समितिले पुर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनु पर्ने ।

५. आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।

६.अब हुने स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने

७. संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारण निर्माण गर्ने ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

ट्यागहरू

#मंसिर#१५ औं महाधिवेशन#मंसिर २७#७ बुँदे माग#नेपाली कांग्रेस#महाधिवेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू