आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

16
Share
Featured
  • अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस नोभेम्बर १४ मा मनाइन्छ, अवैध तस्करीले सांस्कृतिक सम्पदामा पार्ने हानिबारे जनचेतना बढाउने उद्देश्यले।
  • नेपालसहित धेरै देशहरूमा मूर्ति, कलाकृति र ऐतिहासिक धरोहरहरू चोरी तथा तस्करीको जोखिममा, जसले पहिचान, इतिहास र सांस्कृतिक गौरव कमजोर बनाइरहेको छ।
  • यस वर्ष दिवसले संरक्षण, कानूनी पहल सुदृढीकरण र जनसचेतना वृद्धिमा विशेष जोड दिँदै विभिन्न कार्यक्रममार्फत मनाइँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइँने अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । 

सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 

सांस्कृतिक सम्पदाहरु हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । 

नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परिरहेका छन् । 

नेपालका मुर्ति, कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा विदेश पु-याइ रहेका छन् जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाइरहेको छ ।

यो दिवसले यस वर्ष नेपाल लगायत विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ । 

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...