‘धागो’ नेपाल–भारतमा एकसाथ रिलिज

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

18
Share
Featured
  • चलचित्र ‘धागो’ नेपाल–भारत दुवै देशमा आज रिलिज, जसले नेपाल–भारत सीमावर्ती नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई केन्द्रमा राखेको छ।
  • कथामा पारिवारिक सम्बन्ध, आर्थिक अभाव, सामाजिक दबाब र अभिभावक–सन्तानको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत, केही हास्य तत्त्वसमेत समावेश।
  • सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म भारतका नेपाली भाषी क्षेत्रहरू तथा नेपालका प्रमुख हलमा रिलिज भएको छ; बलिउडका अनिकेर एम. घोघले छायांकन निर्देशन गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ ।

उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ । 

सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार–चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भएपनि दर्शकलाई जोडेर राख्छ ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ । भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ ।

यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमालगायत देशभरका हलमा रिलिज भएको छ ।

‘धागो मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथै प्रभात थापा, सुरभि थापा, बुद्धि बहादुर तामाङ, सुनील थापालगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम.घोघले गरेका हुन् । 

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।

यो समाचारमा

भारतनेपालसुनील थापावर्षा राउत
बुद्धि बहादुर तामाङ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...