मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको टिकट दर सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

22
Share
Featured
  • मंसिर १ देखि टियु मैदानमा सुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटका पहिलो ६ दिनका खेलहरूका लागि साधारण टिकट ५०० रुपैयाँ र प्लेअफ–फाइनलका लागि १००० रुपैयाँ तोकिएको छ।
  • प्रिमियम टिकट उद्घाटन तथा शनिबारका खेलका लागि १५०० रुपैयाँ, अन्य दिनका लागि १००० रुपैयाँ र प्लेअफ–फाइनलका लागि २००० रुपैयाँ रहनेछ।
  • सम्पूर्ण प्रतियोगिताका लागि सिजनल पास १५,००० रुपैयाँ तोकिएको छ, र उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे सुरु हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरेको हो । जसमा साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि भने १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट रहने क्यानले जनाएको छ ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरलाई‌ हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ।

मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ। सो खेल दिउँसो ४ बजे सुरू हुनेछ।


यो समाचारमा

काठमाडौँनेपाल क्रिकेट संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...