हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

28
Share
Featured
  • मकवानपुर प्रहरीले हेटौंडा–५ सानोपोखराबाट ८३०० पिस ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरू अशोक स्याङतान, प्रवेश बरैली, निशान कोईराला, राजिब लामा र दिपेश संजेल हुन्।
  • बरामद सामानमा दुई मोटरसाइकलसहित बिक्री वितरणका लागि लुकाइएको ट्रामाडोल रहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा बसिरहेका पाँच जनालाई फेला पारिएको र उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोईराला, हेटौंडा–२ का ३५ वर्षीय बक्सर भन्ने राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल छन्।

प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाइछिपाई राखिएको अवस्थामा ट्रामाडोल ८३०० पिस बरामद गरेको जनाएको छ। साथै, उनीहरूबाट ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि लागूपदार्थ (नियन्त्रण) ऐनअन्तर्गत मुद्धा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँहेटौडा उपमहानगरपालिकाहेटौंडामकवानपुरगढी
मकवानपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...