जेनेस सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार १५:३३

17
Share
Featured

काठमाडौँ


एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले युनाइटेड किंगडममा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस  सलुशनलाई  फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।

यही अक्टोबर महिनामा फ्युजमसिन्सअमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो।  समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा जन्मिएका उद्यमीले स्थापना गरेको पहिलो कम्पनी पनि हो।  

यस साझेदारी अन्तर्गत,  जेनेस  सलुशनले फ्युजमसिन्स  एआइ स्टुडियो र फ्युजमसिन्स ए आइ इन्जिन्सलाई पुनर्विक्री  तथा लाइसेन्स प्रदान गर्न सक्नेछ, जसबाट ग्राहकहरूले खुद्रा व्यापार, रियल एस्टेट, खाद्य तथा पेय पदार्थ जस्ता विभिन्न क्षेत्रहरूमा उच्चस्तरीय, अनुकूलित तथा सटीक एआई–सक्षम समाधानहरू प्राप्त गर्न सक्नेछन्।

फ्युजमसिन्सका प्राविधिक प्रमुख अनिश जोशीले भने,‘यो साझेदारी मार्फत हामी जेनेस  सलुशनको अद्वितीय क्षेत्रीय दक्षतालाई अझ विस्तार गर्न चाहन्छौं। जेनेससँगको सहकार्यले व्यवसायहरूलाई एआई समाधान प्रयोग गरी नवप्रवर्तन र विकास गर्न नयाँ अवसर सिर्जना गर्नुका साथै उद्योगहरूमा एआईको दिगो र समावेशी अपनत्वलाई गति दिने आधार तयार गर्नेछ। एआई स्टुडियोले विभिन्न क्षेत्रका कम्पनीहरूलाई छिटो र सजिलै एआई अंगाल्न सक्षम बनाउने क्षमता हाम्रो ‘एआईलाई सबैका लागि सुलभ बनाउने’ मिशनसँग मेल खान्छ। यो साझेदारी एआई–सक्षम उज्जवल भविष्यतर्फको एउटा महत्त्वपूर्ण पाइला हो।’

फ्युजमसिन्स  एआइ स्टुडिय फ्युजमसिन्स एआई इन्जिन्सको मुख्य प्लेटफर्म हो, जसले उद्योग र समस्यानुसारका समाधानहरू प्रदान गर्छ। यसमा उच्चस्तरीय एआई एजेन्ट, जेनेरेटिभ एआई र प्रेडिक्टिभ एआई मोडेलहरू प्रयोग गरिन्छ। यो प्लेटफर्मले संस्थाको कार्यसम्पादन सुधार्ने, संगठनको आवश्यकता अनुसार अनुकूलन हुने, उच्च प्रतिफल दिने र विद्यमान उपकरणहरूसँग सहज रूपमा एकीकृत हुने क्षमता राख्छ। यसले नवप्रवर्तन प्रवद्र्धन, निर्णय प्रक्रियामा गति, लागत घटाउने र उत्पादनमा एलएलएम तथा  एमएल  मोडेलहरूको छिटो प्रयोग र अनुगमन सुलभ बनाउँछ। धोखाधडी पत्ता लगाउने, सूचना प्राप्ति  र पूर्वानुमान जस्ता पहिले नै तयार गरिएका इन्जिनहरू पनि यसमा समावेश छन्।

जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी कुमार फुयाँलले भने, ‘हामी फ्युजमसिन्ससँग साझेदारी गरेर एआई स्टुडियोलाई हाम्रो बजारमा रहेका व्यवसायहरूमा पुर्याउन पाउँदा अत्यन्त उत्साहित छौं। जेनेसमा हामी उद्योगहरूमा डिजिटल रुपान्तरण र एआई अपनत्वलाई तीव्र बनाउन केन्द्रित छौं। एआई स्टुडियोले  संस्थाहरूलाई उनीहरूको विद्यमान प्रणालीमा एआई सहज रूपमा समायोजन गर्न, डेटा–आधारित अन्तर्दृष्टि निकाल्न र जिम्मेवार तथा कुशल रूपमा नवप्रवर्तन विस्तार गर्न सक्षम बनाउँछ। यो साझेदारीले हरेक व्यवसायलाई आत्मविश्वासका साथ एआईको रूपान्तरणकारी शक्तिको लाभ लिन सशक्त बनाउने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।’

यो समाचारमा

युनाइटेड किंगडमकाठमाडौँकृत्रिम बुद्धिमत्ता

ट्यागहरू

#कृत्रिम बुद्धिमत्ता#इन्टरप्राइज#सूचना प्रविधि#बेलायत#मुख्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू