मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

14
Share
Featured
  • मधेश खेलकुद परिषदले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” नारासहित जनकपुरधाममा प्रभातफेरी आयोजना गर्‍यो।
  • प्रभातफेरी रेल्वे स्टेसन चोकबाट सुरु भई विभिन्न चोक हुँदै जानकी मन्दिर परिसरमा समापन भएको थियो, जसमा विद्यार्थी, खेलप्रेमी र पदाधिकारीहरूको सहभागिता थियो।
  • परिषदका सचिव शिवजी प्रसादका अनुसार परिषदले खेलाडी वर्गीकरण, तलब–सुविधा र खेल सामग्री उपलब्धता लगायतका कार्य गर्दै आएको र आगामी दिनमा राष्ट्रिय स्तरका खेल आयोजनामा मधेश प्रदेशलाई सक्रिय बनाउने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदले प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ ।

परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।   

जनकपुरधामको रेल्व स्टेसन चोकबाट निकालिएको प्रभातफेरी र्याली जनकपुरधामको विभिन्न चोक हुँदै जनकी मन्दिरको प्राङ्गनमा पुगेर समापन भएको थियो । 

प्रभात फेरिमा परिषदका सदस्य, विद्यार्थी, खेलकुद प्रेमी र खेलकुद मन्त्रालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहलहरु गरेको परिषदको सदस्य सचिव शिवजी प्रसादले जानकारी दिए ।

परिषदले खेलाडिहरुको वर्गिकरण, तलब, सेवा, सुविधा, खेलकुद सामग्री उपलब्ध गराउनुलगायतका खेलसंग जुडेका कार्यहरु गर्दै आएको सचिव शिवजीले बताए ।

उनले आगामि दिनमा राष्ट्रिय स्तरको खेलमा मधेश प्रदेशलाई सहभागी गर्न र त्यस्ता खेलहरुको आयोजना प्रदशले नै गर्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए ।

यो समाचारमा

जनकपुरजनकी मन्दिरमधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...