सीजीले सार्वजनिक ग-यो नेपालकै पहिलो एआइ सञ्चालित एयर फ्रायर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार १५:२१

11
Share
Featured
  • नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ले देशकै पहिलो एआइ प्रविधियुक्त स्मार्ट एयर फ्रायर (सीजी मेरिडिया) सार्वजनिक गरेको छ, जसले घरेलु पकाइ प्रविधिलाई नयाँ स्तरमा पुर्‍याएको दाबी गरिएको छ।
  • ८ लिटर क्षमतायुक्त र १८०० वाटको यो एयर फ्रायरले इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरमार्फत खानाको प्रकार र तौल पत्ता लगाई तापक्रम र समय स्वतः समायोजन गर्छ।
  • यसलाई सीजी स्मार्ट होम एप बाट मोबाइलमार्फत नियन्त्रण गर्न सकिन्छ र यसमा २५ स्वचालित मेनु, फ्राइ–ग्रिल–रोस्ट–बेक जस्ता बहुउपयोगी सुविधा सहित “कुक स्मार्ट, इट हेल्दी” अवधारणालाई व्यवहारमा उतारिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपालकै अग्रणी र भरोसायोग्य इलेक्ट्रोनिक्स ब्रान्ड चौधरी समूहले आफ्नो घरायसी उपकरण श्रेणी अन्तर्गत देशको पहिलो कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एयर फ्रायर सार्वजनिक गरेको छ ।

आधुनिक नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै, कम्पनीले बजारमा ल्याएको (सीजी मेरिडिया स्मार्ट एयर फ्रायर) मोडेलले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको सीजीको दाबी छ ।

१८०० वाटको पावर र ८ लिटर क्षमतायुक्त यो एयर फ्रायर नेपालमै पहिलो पटक एआइ र इन्टरनेट प्रविधिको संयोजनमा तयार गरिएको हो । यसमा जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूले पकाइ प्रक्रिया सुरु हुनुअघि नै खानाको प्रकार र तौल पत्ता लगाउँछन् । प्रणालीले त्यस सूचनाको विश्लेषण गरी तापक्रम र पकाइ समय स्वतः समायोजन गर्छ, जसका कारण हरेक पटक उत्कृष्ट र सटीक परिणाम सुनिश्चित हुन्छ ।

यस उपकरणलाई सीजी स्मार्ट होम एप मार्फत स्मार्टफोनबाट नै नियन्त्रण गर्न सकिने सुविधा पनि उपलब्ध छ । प्रयोगकर्ताले मोबाइलबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्छन । जसले प्रयोगलाई झन् सहज र आधुनिक बनाएको छ ।

यस उपकरणमा २५ वटा स्वचालित मेनु सहितको स्मार्ट एआइ कुकिङ प्रणाली, समान रूपमा कुरकुरे र स्वादिष्ट परिणाम दिने पानी र तेल स्प्रे फङसन, ठूलो परिवारका लागि उपयुक्त ८ लिटरको नन स्टिक बास्केट र बहुउपयोगी पकाइ विकल्पहरू जस्तै फ्राइ, ग्रिल, रोस्ट र बेक गर्ने सुविधा समावेश गरिएको छ ।

यसका अतिरिक्त, ८० डिग्री सेल्सीयस देखि २०० डिग्री सेल्सीयस सम्मको तापक्रम नियन्त्रण, तेल बिना नै कुरकुरे स्वाद दिने प्रविधि र पकाइको अवस्थालाई सहजै नियाल्न सकिने प्रविधि पनि यसमा उपलब्ध छन् ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजीले सदैव प्रविधि, नवीनता र गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ । बजारको आवश्यकता र उपभोक्ताको सुविधा अनुसार, सीजीले नेपाली उपभोक्तालाई अत्याधुनिक र स्मार्ट कुकिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यस उत्पादनले “कुक स्मार्ट, इट हेल्दी” को अवधारणालाई व्यवहारमा उतार्ने दाबी पनि गरिएको छ ।

यो समाचारमा

नेपालचौधरी समूहकृत्रिम बुद्धिमत्ताकाठमाडौँ

ट्यागहरू

#सीजी स्मार्ट होम एप#सीजी#सीजी होम एप्लायन्सेज#नवीनता र गुणस्तर#सीजी मेरिडिया स्मार्ट एयर फ्रायर#सीजी ब्रान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू