विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

15
Share
Featured
  • नेपाली कांग्रेसका महिला नेतृहरूले फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
  • नेतृ कुसुम थापामगरले हालको नेतृत्वले कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै ५५ प्रतिशत हस्ताक्षरसहित पार्टीलाई निवेदन दिएको बताइन्।
  • नेतृ रेखा यादव र भूपि ऐरलगायतले असक्षम नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र महाधिवेशनले पारदर्शिता, समानता र लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर चुनाव अगाडि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिन् । 

नेपाली कांग्रेसको यही नेतृत्वले चुनावमा गयो भने पार्टी अझ संकटमा जाने भएकाले हालको नेतृत्व परिवर्तनको माग गरिरहेको बताइन् । उनले विशेष महाधिवेशनको माग राखेर आफूहरुले ५५ प्रतिशत लिखित हस्ताक्षर संकलन गरेर पार्टीलाई निवेदन दिएको जानकारी दिइन् । 

उनले भनिन्,‘कांग्रेस मात्र होइन् देश आज संकटमा छ । देश र पार्टीको परिस्थिति फेरिएको छ । कांग्रेस पटक –पटक सत्तामा बस्यो तर सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र जनतालाई सम्बोधन गर्न सकेन । जसका कारण जेनजी आन्दोलन भयो । जसको परिणाम स्वरुप फागुण २१ गते आम चुनावको घोषणा भएको छ । तर पार्टीको यही नेतृत्व चुनावमा गयो भने पार्टी अझ संकटमा जान्छ । हाल नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत लिखित हस्ताक्षर संकलन गरेर पार्टीलाई निवेदन दिएका छौं ।’ 

त्यस्तै अर्की नेतृ रेखा यादवले सरकार र संसदमा हुुँदा पनि देशमा यत्रो ठूलो विध्वंस हुँदैछ भनेर थाहा नपाउनेहरु कांग्रेस कार्यसमितिमा बस्न नहुने बताइन् । उनले फेरि पनि कार्यसमितिमा बस्ने अधिकार नभएको भन्दै नैतिकताका आधारमा स्वत राजीनामा दिनुपर्ने बताईन् । 

उनले भनिन्,‘कांग्रेसले पत्तो पाएन देशमा यत्रो ठूलो विध्वंस हुँदैछ भनेर । सभापतिमाथि सांघातिक हमला हुँदा पनि,सरकारमा भएर पनि, संसदमा भएर पनि केही थाहा पाउनु भएको छैन् । त्यसैले अधिकार छैन् कार्यसमितिमा फेरी पनि बस्ने ।स्वत नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो ।’

त्यस्तै उनले खड्गप्रसाद शर्मा ओलीजस्तो घिनलाग्दो मान्छेलाई बोकेर कांग्रेस उसको इसारामा नाचेको कारण आफूहरुले विशेष महाधिवेशनको माग गर्नुपरेको धारणा राखिन् । 

त्यस्तै पद्यमकन्या क्याम्स सभापति भूपि ऐरले महाधिवेशन राजनीतिक प्रकृयाको लागि मात्र नभएर समानता, पारदर्शिता लोकतान्त्रिकताका लागि पनि आवश्यक रहेको बताइन् । कार्यक्रममा एलिजा ढकाल, झला विश्वकर्मा, निमा गिरीलगतायतले आफ्नो धारणा राखेका थिए । 

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसरेखा यादवखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...