पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ :सहसंयोजक नेपाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

17
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सात्तो गएको बताएका छन्।
  • उनले विरोधमा होस गुमाउन वा गाली गलौजमा उत्रिन आवश्यक नभएको भन्दै, सट्टा एकताको प्रक्रियामा समर्थन जनाउन आग्रह गरे।
  • माधव नेपालले पार्टी र नेताहरूमा रहेको विकृति तथा विसंगतिहरूको आत्ममन्थन नगरे नयाँ बोतलमा पुरानो रक्सी भन्ने समस्या दोहोरिन सक्ने बताए।
  • उनले नयाँ पार्टी क्रान्तिकारी चरित्र, इमान्दार र समर्पित योद्धाहरूको हुने र समाज परिवर्तनमा केन्द्रित हुने विश्वास व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधवकुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए । 

उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस हवास गुमेको हुनुपर्छ । तर होस गुमाउनु आवश्यक छैन् । गाली गलौजमा उत्रिनु पर्ने आवश्यकता छैन् । बरु हामीलाई धन्यवाद दिनु मैले त बिगारे तपाईहरु सपार्नु भनेर धन्यवादको प्रस्ताव पास गरे हुन्छ । धन्यवादको प्रस्ताव पास गर्नु भयो भने त्यसले हाम्रो घाउमा मलमको काम गर्नेछ ।’

यस्तै, उनले पार्टी र पार्टीका नेता, कार्यकर्ताहरुमा रहेको विकृति र विसंगतिहरुलाई बिर्सियो भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाई दोहोरिन बेर नलाग्ने पनि बताए । 

उनले भने, ‘जनतामा राजनीतिप्रति वितृस्णा किन पैदा भईरहेको छ । राजनीति, दल र नेताप्रति निराशा किन पैदा भईरहेको छ । यसका कारणहरु के छन् । यी सबै कुराको बारेमा हामीले आत्ममन्थन गरेनौ भने,समिक्षा गरेनौ भने पार्टीहरुमा रहेको विकृति र विसंगतिहरु नेता कार्यकर्ताहरुमा रहेको विकृति र विसंगतिहरुलाई बिर्सियौ भने फेरि नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाई दोहोरिन बेर लाग्दैँन् ।’

साथै, यो समाज परिवर्तन गर्नको लागि नयाँ चरित्र बोकेका पार्टी निर्माण गर्न लागेको भन्दै उक्त पार्टी क्रान्तिकारी चरित्र, इमान्दार योद्धाहरुको, समर्पित योद्धाहरुको, देश र जनताप्रति समर्पित भएको योद्धाहरुको पार्टी हुने उनको भनाई छ । 

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...