बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

18
Share
Featured
  • बाजुराको बुढिनन्दा नगरपालिका–कोल्टीमा ४ वडाका झण्डै १७ हजार बासिन्दा लक्षित गर्दै बृहत खानेपानी योजना निर्माण हुने भएको छ।
  • नगर प्रमुख जनक कुमार बोहराका अनुसार करिब २७ करोड लागतमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१/०८२ बाट योजना निर्माण गरिने छ।
  • पहिलो चरणमा ५ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ र चरणवद्ध रूपमा ठेक्का आव्हान गरी योजना निर्माण हुने जनाइएको छ।
  • गुणस्तरीय खानेपानी नहुँदा स्थानीयले भोगेको समस्या समाधान हुने अपेक्षा गरिएको छ र यस योजना दीर्घकालीन रुपमा ठुलो महत्व राख्ने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।

करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ । 

पहिलो चरणमा ५ करोडको ठेक्का सम्झौता भई काम सुरु गरिएको र चरणवद्ध रुपमा ठेक्का आव्हान गरी खानेपानी योजना निर्माण गरिने नगरपालिकाले जनाएको छ।नगरपालिकाको १,२,३ र ५ का झण्डै १७ हजार बढी बासिन्दा लाभान्वित हुने भएका छन् ।

यो भन्दा अघि कोल्टीमा गुणस्तरीय खानेपानी नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।खानेपानी निर्माण कार्य अघि बढे संगै निर्माण पश्चात् समस्या समाधान हुने अपेक्षा समेत लगिएको  छ। निर्माण हुने बृहत कोल्टी खानेपानी योजना दिर्घकालीन ठुलो समेत योजना हो । 

नगरको शिक्षा,स्वास्थ्य,सञ्चार,खानेपानी पहिलो प्राथामिकतामा राख्दै अघि बढेको र सबै वडामा समस्या समाधान गरिने नगर प्रमुख बोहराको भनाइ छ । खानेपानी हाहाकारले आकुलव्याकुल हुने कोल्टीमा खानेपानी निर्माण हुने भए पछि स्थानीय खुसी भएका छन् ।

यो समाचारमा

जनक कुमार बोहराबुढीनन्दा नगरपालिकाबाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...