बाजुराका एक युवकको ट्याक्टर दुर्घटनामा परि मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमूल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन् ।

विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो।  

लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा परि घाईते भएका रेशम भण्डारीको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

गौमूल गाउँपालिकाबाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...