अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको राजीनामा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

19
Share
Featured
  • अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्, जुन कात्तिक २२ गतेदेखि लागू हुने गरी दिएको भए पनि आजमात्र सार्वजनिक भएको हो।
  • मन्त्रिपरिषद्ले असोज ३० गते ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी पनि त्यसको दायरामा परेका थिए।
  • सर्वोच्च अदालतले फिर्ता बोलाउने निर्णयमा अन्तरिम आदेश जारी गरे पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएको भएपनि आज मंगलबारमात्रै यो खबर सार्वजनिक भएको हो ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दर्ता भएको थियो । सर्वोच्चले गत कात्तिक १६ गते राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । तत्कालीन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले २०८१ साउन १४ गते अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने निरन्तरता दिइएको छ ।

यो समाचारमा

सर्वोच्च अदालतखड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...