पर्वतमा कारागारबाट छुटेकै दिन श्रीमतीको हत्या

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

22
Share
Featured
  • पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेका दिनै ५१ वर्षीय जीतबहादुर विकले आफ्नी ५२ वर्षीय श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेका छन्।
  • कुटपिटपछि बेहोस भएकी सीतालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए; उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
  • वैवाहिक जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरी धरौटीमा छुटेका जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ, र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको प्रहरी टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । स्थानीयले उनलाई नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

पर्वतमोदी गाउँपालिकाकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...