श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यक :अध्यक्ष कुँवर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

16
Share
Featured

काठमाडौँ


नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । 

सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए । 

उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । तलिम दिनुपर्यो । जसका कारण उनीहरु स्वदेश या विदेश जहाँ गएतापनि गरेर खान सक्ने हुनुपर्यो,’ उनले अगाडि भने,‘अहिले शिक्षा क्षेत्र खस्किदो छ । १५ बर्ष लगाएर पढ्छौँ तर ६ महिनाको तालिम लिएर काम गर्न जान्छौँ । त्यसैले शिक्षालाई सीपसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...