एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गरौं :मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

15
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै भने, एआईले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवर्धन सम्बन्धी मुद्दाहरू समेट्ने र सरकारको कामलाई प्रभावकारी बनाउने बताए।
  • उनले एआईको प्रयोगमार्फत सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनताको उद्देश्य पूरा गर्न सजिलो हुने उल्लेख गरे।
  • एआई केन्द्रलाई सरल कोठाबाट सुरु गरिएको भए पनि यसलाई निरन्तर विस्तार गर्दै डिजिटल रूपान्तरण र आधुनिकतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएका छन् । 

सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । 

उनले भने,‘अब एआई, डिजिटल युगमा नेपाल अगाडि ब्ढयो । जनतालाई पनि यसैमा समाहित गर्दै डिजिटल रुपान्तरणको बाटोमा अगाडि जाँदै छौं । त्यसको आइओएम बनाउँदैछौं । यो ऐतिहासिक पहल हो । जेनजी आन्दोलनमा उठेका कुरा भ्रष्टाचार, सुशासन,रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआईले नै समेट्ने छ । एइआईका धेरै कुरा आत्मासाथ गरेर अगाडि बढ्यौं भने सुशासन कायम गर्न सजिलो हुन्छ । भ्रष्टाचार नियन्त्रणको काम गर्न सजिलो हुन्छ । त्यसैले यसलाई सरकारको पनि सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्न सक्छौं । सरकार अब आधुनिकताको बाटोमा अगाडि बढ्दैछ ।’

त्यस्तै उनले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट सरल ढंगले गरेको बताए । आधुनिक बाटोको पहिलो पाहिलाको रुपमा एआई केन्द्र सुरु गरेको भन्दै उनले यसलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

‘आज हामीले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट गरेको छौं । यो हामीले सरल ढंगबाट सुरु गरेका छौं । अबको ५० वर्षपछि यो कतिको वृहत, विस्तृत होला र कति आधुनिक होला भन्नेमा अघि बढेका छौं । त्यसको पहिलो पाइलाका रुपमा सानो कोठाबाट सुरु गरेको छौं । यो सुरुवात भएको कुरालाई निरन्तर अगाडि बढाउने छौं ।’ 

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...