‘मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार १३:५४

14
Share
Featured
  • जेनेस सलुशनका संस्थापक अञ्जनी फुयाँलले नेपाल डिजिटल रूपान्तरणको निर्णायक मोडमा रहेको र डेटामुखी दृष्टिकोणले निजी क्षेत्रलाई पूर्ण रूपले परिवर्तन गर्न सक्ने बताएका छन्।
  • उनले नेपाल उद्योग वाणिज्य महासंघलाई ‘डेटाको महासंघ’ बन्नुपर्ने सुझाव दिँदै १२० भन्दा बढी उद्योग–संस्थालाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने योजना प्रस्तुत गरे।
  • फुयाँल र महासंघका उपाध्यक्ष हेमराज ढकाल दुबैले डिजिटलाइजेसनले भ्रष्टाचार घटाउने, पारदर्शिता बढाउने र विश्व बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता मजबुत बनाउने विश्वास व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी  फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र डिजिटल आधुनिकीकरणले पूरै निजी क्षेत्रलाई रूपान्तरण गर्न सक्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘लीडर्स डाइलग अन डिजिटल कमोडिटी ग्रोथ’ कार्यक्रमलाई सम्बोधन गर्दै फुयाँलले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ अब ‘आवाजहरूको महासंघ’बाट ‘डेटाको महासंघ’ बन्नुपर्छ ।’

अमेजन वेब सर्भिसेज (एडब्लुएस) को बेलायत तथा आयरल्यान्डका लागि राजदूत रही सकेका फुयाँलले नेपालका १२० भन्दा बढी वस्तु तथा उद्योग संघ–संस्थालाई एउटै ’डिजिटल कमोडिटी इकोसिस्टम’ अन्तर्गत जोड्ने राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरे । 

कृषि, उत्पादन, व्यापार, शिक्षा, स्वास्थ्य र सिर्जनात्मक उद्योगजस्ता प्रमुख क्षेत्रहरूलाई डिजिटाइज गरेर नेपालले सन् २०३० सम्ममा दक्षता वृद्धि र निर्यात आम्दानीका माध्यमबाट अर्बौं रुपैयाँको लाभ लिन सक्छ,’ उनले भने ।

फुयाँलले आगामी छ महिनाको पाइलट पहल अन्तर्गत यस परियोजनाको  पहिलो चरण सुरु हुने जानकारी पनि दिए । सो चरणमा पाँच संघ–संस्थाहरू— ह्यान्डिक्राफ्ट, कफी, फार्मा, सिमेन्ट र कुरियरलाई जोडिनेछ । यस प्रक्रियामा तिनका डेटा एकीकृत गरी एफएनसीसीआइ कनेक्ट मार्फत सञ्चार स्वचालित गरिनेछ, र एडब्लुएस क्लाउडको सुरक्षित पूर्वाधारमा ’एनलिटिक्स ड्यासबोर्ड’ निर्माण गरिनेछ ।

देशका नेताहरुलाई नेपाललाई नयाँ दृष्टिले हेर्न आग्रह गर्दै फुयाँलले भने, ‘नेपाललाई एक गरीब र अविकसित मुलुकको रुपमा होइन, सफा जलविद्युत् ऊर्जाले सञ्चालित देश, प्रविधिमैत्री युवा जनशक्तिले चलाएको देश, विश्वव्यापी प्रवासी सञ्जालले सुदृढ बनाएको समाज र क्षेत्रीय डिजिटल नवप्रवर्तन केन्द्र बन्न तयार मुलुकको रुपमा हेरिनुपर्छ । हामीसँग नवीकरणीय ऊर्जा, युवा प्रतिभा, र विश्वव्यापी पहुँचजस्ता स्रोतहरु छन् र यी स्रोतलाई डेटाको माध्यमबाट जोड्न आवश्यक छ ।’

‘डिजिटल रूपान्तरण केवल प्रविधिको कुरा मात्रै होइन, यो राष्ट्रिय सहनशीलता निर्माण गर्ने र आगामी दशकमा नेपालको प्रतिस्पर्धात्मक स्वरूपलाई नयाँ परिभाषा दिने विषय पनि हो,’ उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघसँगका उपाध्यक्ष हेमराज ढकालले सबै संघसंस्थाहरुले पनि डिजिटल क्षेत्रबाट फाइदा लिएर विश्व मार्केटमा प्रवेश गर्न आवश्यक रहेको बताए । विश्व मार्केटमा प्रवेश गर्नको लागि डिजिटलमा जान ढिलो भएसकेको बताउँदै उनले कसरी जाने भन्ने विषयहरुमा जोड दिनु आजको आवश्यकता रहेको धारणा राखे । 

उनले भने,‘हाम्रो अर्थतन्त्र डिजिटल हुनुपर्छ । र संघ संस्थाहरुले पनि डिजिटलको फाइदा लिनुपर्यो । विश्व मार्केटमा प्रवेश गर्नको लागि डिजिटलमा ढिलो भइरहेको छ । हामी कसरी जाने भन्ने विषयहरुमा जोड दिनुपर्छ ।’

हरेक वस्तुहरुलाई प्रतिस्पर्धात्मक बनाउनको लागि डिजिटलमा जानुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले वहस गर्ने मात्र नभइ डिजिटललाई वास्तवमा अभ्यासमा नै लैजानुपर्ने धारणा राखे । 

‘हरेक हाम्रा वस्तुहरुलाई प्रतिस्पर्धात्मक बनाउनको लागि हामी डिजिटलमा जानुपर्ने अवस्था छ । यसमा वहस मात्र नभई वास्तवमा अभ्यासमा नै लैजानुपर्ने आवश्यक छ ।’

डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी कर्मचारीसँग आर्थिक लेनदेन नहुँने भन्दै उपाध्यक्ष ढकालले भ्रष्टाचार पनि कम हुने बताए । जतिसक्दो अर्थतन्त्रलाई पारदर्शी बनायो त्यति भ्रष्टाचार कम भइ सुशासन कायम हुने उनको ठम्याई छ । 

‘हामी सुशासन र भ्रष्टाचारको कुरा गर्छौंं । डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी भेटिदैन्, आर्थिक लेनदेन हुँदैन् र भ्रष्टाचार हुँदैन् । जतिसक्दो हामीले अर्थतन्त्रलाई पारदर्शी बनाऊ, त्यसो भयो भने भ्रष्टाचार कम भइ सुशासन हुन्छ ।’ 

 कार्यक्रम जेनेस सलुशनले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आयोजना गरेको थियो । 

जेनेस सलुशनका सल्लाहकार भीम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जेनेस सलुशनको नेपाल कार्यालयका निर्देशक  शरद बन्जाराले सबैलाई स्वागत गरेका थिए ।  .

नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्यान्डसहित १० भन्दा बढी देशहरूमा जेनेस सलुशनका कार्यालयहरु  रहेका छन्। कम्पनीले विभिन्न देशका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनलिटिक्स, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षाको क्षेत्रमा सेवा पु-याउँदै आएको छ ।


यो समाचारमा

ललितपुरफिनल्यान्डनाइजेरियाआयरल्यान्ड
नेपाल7 more

ट्यागहरू

#नेपाल#कम्पनी#कार्यक्रम#प्रविधि#नेपाल उद्योग वाणिज्य महासंघ#कार्यकारी निर्देशक#ललितपुर#बेलायत#बंगलादेश#राजदूत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू