मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

14
Share
Featured
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक ढंगले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरूले अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।
  • जनमत पार्टी, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र लोसपा नेपालले संयुक्त बैठक गरी अदालत जाने निर्णय गरेको कांग्रेस नेता कृष्णा यादवले बताएका छन्।
  • ७४ जना सांसदले रिटमा हस्ताक्षर गरिसकेका छन् भने सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी पनि भइरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज(सोमबार)विहान आफूलाई सन्चो नभएको भन्दै काठमान्डौ उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएका थिए । 

तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए ।

जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली काँग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अदातमा रिट दायर गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए । 

उनले सातवटै दलहरुको संयुक्त बैठक बसी अदालत जाने निर्णय भएको बताए । यादवले प्रदेश प्रमुखले एकलौटी ढंगले गरेको निर्णय लज्जास्पद रहेको बताए । 

यादवका अनुसार ७४ जना सांसदले अदालतमा रिट गर्न हस्ताक्षर गरेका छन् । उनले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महाभियोग लगाउने तयारी पनि भइरहेको जानकारी दिए ।

प्रदेश प्रमुख भण्डारीले संविधानमाथी प्रहार गरेको आरोप लगाए । उनले संघीयता नै धरापमा पार्ने खेल भइरहेको बताए ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीनेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
महोत्तरी8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...