बरहवा नदीमा पुरुषको शव फेला

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

14
Share
Featured

काठमाडौँ

रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टी भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टी भएको उनको भनाइ छ ।

चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको डिएसपी बस्यालले बताए । पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप खुल्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।


यो समाचारमा

रौतहटगौर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...