मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

14
Share
Featured
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमालेका सरोज कुमार यादवलाई ठूलो दलका हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
  • लोसपाको नेतृत्वमा बनेको पाँच दलको गठबन्धनले पनि मुख्यमन्त्री पदको दाबी गरिरहेको बेला यादवलाई आज बिहानै पदमा नियुक्त गरिएको हो।
  • प्रदेश प्रमुखले काठमाडौं जाने क्रममा बाटैमा यादवलाई सपथ खुवाएको घटनाले व्यापक विवाद र सामाजिक सञ्जालमा आलोचना निम्त्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सरोज कुमार यादव नियुक्त भएका छन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए । 

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।

प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

यो समाचारमा

सुमित्रा सुवेदी भण्डारीमधेश प्रदेशकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सरोज कुमार यादव4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...