जेनजी आन्दोलन प्रहरीको हत्या प्रकरणमा थप एक जना पक्राउ,प्रहरीको हत्या गर्दा लगाएको ड्रेसमै २ महिनापछि समातिए अभियुक्त

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

30
Share
Featured

काठमाडौँ जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप एक जनार्ला प्रहरीले पक्राउ परेका  गरेको छन्  ।

पक्राउ पर्नेमा भोजपुरको दोभानेका इन्द्रबहादुर राई छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । काठमाडौंको पवित्रनगरबाट राईलाई पक्राउ गरिएको परिसरका एसएसपी रमेश थापाले बताए ।

राईले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोप छ । उनीसहितका व्यक्तिले प्रहरी वृत्त महाराजगञ्ज कार्यरत दुई प्रहरीको हत्या गरेका थिए ।

अहिले पक्राउ परेका राई प्रहरी हत्या गर्दा लगाएको ड्रेसमै समातिएका छन् । प्राप्त भिडियोमा राई कालो टि–सर्टमा अगाडि हल्का रातो धर्सा भएको कपडा लगाएको देखिन्छ । हाफ पाइन्ट लगाएका उनी सेतो जुत्ता लगाएको भिडियोमा देखिन्छ ।

प्रहरीले अहिले उनलाई त्यही टि–सर्ट लगाएकै अवस्थामा पक्राउ गरेको हो । उनीसहितका व्यक्तिले वृत्त परिसरमै रहेको मन्दिर अगाडि प्रहरीलाई कुटिकुटी मारेको देखिन्छ 

प्रहरी हत्यामा यसअघि एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । केही भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...