गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा धान खरिद

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

22
Share
Featured

काठमाडौँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुर नगरपालिकाले बर्दियाको गुलरिया लगायत चार स्थानबाट धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो । 

खाद्यले राजापुर नगरपालिकाको कम्पनीको हाताभित्र, गेरुवा गाउँपालिकाको शान्तिबजार, बारबर्दिया नगरपालिकाको जयनगर र गुलरिया नगरपालिकाको गुलरिया बजारमा धान खरिद गरिरहेको छ । 

गुलरियामा आइतबारदेखि धान खरिद सुरु गरिएको कम्पनीका वरिष्ठ सहायक नविन प्रसाद आचार्यले बताए । हालसम्मकै पहिलो पटक गुलरियामा खाद्यले धान खरिद सुरु गरेको गुलरिया नगरपालिका वडा न. ९ का किसान झलकमान हमालले बताए । 

गुलरियामा धान खरिद गरेको खुसी व्यक्त गर्दै नगरप्रमुख मुक्तीनाथ यादवले किसानहरूको हितको लागि खाद्यले धान खरिद गरेको बताए । आगामी बर्षको लागि  खाद्यले धान खरिद र भण्डारणका लागि गोदाम र अफिस नै नगरपालिकाले बनाईदिने उनले बताए । 

जनशक्ती अभाव र भण्डारण अभाव भएको हुनाले अन्य पालिकामा धान खरिद गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले बताए । 

राजापुरमा खाद्यको गोदाम खाली नभएकोले गोदामको व्यवस्था गरेका स्थानीय तहमा खाद्यले धान खरिद गर्ने उनले बताए ।

कम्पनीले आइतबारसम्म तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख पाण्डेले बताए । यस बर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गत बर्ष खाद्यले ३७ हजार क्विन्टल धान खरिद गरेको थियो ।

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ ।

यो समाचारमा

बर्दियागुलरिया नगरपालिकागेरुवा गाउँपालिकाराजापुर नगरपालिका
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...