कालाजाग्रामा भव्य पूजाआजा, परम्परागत संस्कृतिको जेगेर्ना

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

17
Share
Featured
  • बाजुराको कालाजाग्रामा लामो समयपछि देवीको भव्य पूजा पुनः आयोजना भयो।
  • यो स्थल धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ, समुद्री सतहदेखि करिब ३२०० मिटर उचाइमा अवस्थित छ।
  • कालाजाग्राको पर्यटन प्रवद्र्धनले स्थानीय आर्थिक समृद्धि र रोजगारीमा योगदान पुर्याउने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजाग्रामा भव्य पूजाआजा गरिएको छ ।

लामो समयपछि बडिमालिका नगरपालिका वडा नम्बर ७ मा रहेको धार्मिक स्थल कालाजाग्रामा देवीको विधिवत् रुपमा पूजाआजा गरिएको हो ।

‘टाइगर हिल’का नामले परिचित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कालाजाग्रामा शनिवार दिनभर विधिवत् रुपमा भव्य पूजाआजा गरिएको हो ।

रजातोलीका स्थानीयले बर्षाैदेखि पूजा गर्दै आएकोमा बिचमा केही समस्याका कारण देवीको पूजा हुन सकेको थिएन् । 

ढम्कनेका स्थानीयले फाट्टफुट्ट पूजा अर्चना गरेपनि विधिवत् रुपमा ठूलो पूजा रजातोलीका स्थानीयले गर्ने गर्थे । १९ पुस्तादेखि निरन्तर पूजा हुँदै आएको तर बिचमा केही समस्याका कारण पूजा हुन नसकेपनि यो बर्षबाट निरन्तर कालीका माताको पूजा हुने गाउँका मान्यजन स्थानीय मनरुप पाध्यायले बताए ।

उनका अनुसार, देवीको पूजा हुने धार्मिक तथा पर्यटकीय क्षेत्रमा लामो समयपछि पूजा भएको छ ।  जसले गर्दा परम्परागतदेखि चल्दै आएको पुख्र्याैली धर्म, संस्कृतिको पालना भएको बताए । साथै उनले कालिका माताको दर्शनले सबैलाई शुभ फल मिल्ने विश्वास समेत लगिएको बताए ।  

परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ कालाजाग्रामा रोकिएको पूजालाई निरन्तरता दिइएको धर्म संस्कृतिका पालक स्थानीय बलराम पाध्यायले बताए । उनका अनुसार कालू पाध्यायको पुस्ताबाट ऋषिमाण्डौ र  कालाजग्रामा पूजा गर्ने चलन चलेको बताए । 

साथै उनले कालाजाग्रा धार्मिक क्षेत्रले मात्र नभई पर्यटकीय तथा प्रचुर सम्भावना बोकेको क्षेत्रका रुपमा समेत परिचित रहेको बताए । 

त्यस्तै कालाऋषि युवा क्लवका अध्यक्ष तथा सामाजिक अगुवा गणेशराज तिमिल्सेनाले पुख्र्याैली परम्परालाई निरन्तरता दिइनुका साथै आगामी बर्षहरुपमा पनि निरन्तरता दिइने बताए ।

साथै उनले कालाजाग्राको पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउँदैैँ पूजाआजासंगै पर्यटन, प्रबद्र्धन गरेर आर्थिक समृद्धिमा टेवा पुर्याउने बताए । 

पूजाको लागी पुजारीको हातबाट गुफातालको जल लगेर शंख, घण्ट बजाउँदै ठाडो भीर छिचोली माइको मन्दिर नजिकै पुगेर विधिवत् रुपमा पूजाअर्चना गरिएको हो ।

माइको लागि करिब २५ केजीको त्रिशूलसहित घण्टहरु चढाइएको हो ।  देवीको पुजाको लागी दर्शन गर्ने करिब दुई सय जना दर्शनार्थीको सहभागिता थियो । 

प्रवद्र्धनको पर्खाइमा कालाजाग्रा

धार्मिक आस्थाको धरोहर कालाजाग्रा प्रवद्र्धनको पर्खाइमा छ । पछिल्लो समय कालाजाग्रा पर्यटन, प्रवद्र्धन तथा प्रचार–प्रसारको पर्खाइमा छ । बडिमालिका नगरपालिकासंग जोडिएको दिव्य सुन्दर ऐतिहासिक तथा धार्मिक पवित्र स्थल कालाजाग्रा जसलाई कालिका देवीको रुपमा पनि चिनिने गरिन्छ ।

यहाँ गुफाताल, बासुधारालगायत कालिका माइको मन्दिर छ । यस ठाउँ गुफाताल,बासुधारा तथा मन्दिर धेरै पुरानो मानिन्छ । मनोकांक्षा पूरा गर्न, पाप नष्ट गर्न र कालिका माइको बर पाउनका लागि विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक उक्त ठाउँमा जाने गरेका छन् । 

तल घना जङ्गल माथि टुप्पोमा समथर घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको स्थानमा कालाजग्रा अवस्थित छ ।

कालाजग्रा जडीबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिक स्थलले पनि समृद्ध छ । यहाँ गुफाभित्र अनौठो तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजग्रा देवीको बासस्थान समेत रहेको छ ।

समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ । कालाजग्रा पुग्ने जतिकै पनि पहिलो रोजाइ गुफाताल हुने गरेको छ ।

गुफाताल नीलो आकाशजस्तै अनौठो र अच्चमलाग्दो देखिन्छ । यसको लम्बाइ, चौडाइ र गहिराइबारे कुनै खोज, अनुसन्धान छैन् तर निकै आकर्षक देखिन्छ । तलाउमा भने पूजारी बाहेक अरुले छिर्न नमिल्ने धार्मिक विश्वास छ ।

भिमकाय पहाडमाथि उभिएको कालाजग्राबाट छिमेकी जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोटका सेताम्य हिउँका पहाड, बझाङको सैपाल हिमाल, बडीमालिका, बूढीनन्दालगायत ठाउँका मनमोहक रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

कालाजग्राको पर्यटन प्रबद्र्धन गर्न सकेको खण्डमा आर्थिक उपार्जनका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र रोजगारी सिर्जना हुने निकै सम्भावना रहेको छ ।

कालाजग्रामा ०७२ सालमा नेपाल सरकार पर्यटन मन्त्रालयको बजेटबाट मन्दिर, गोरेटो बाटो र गुफातालमा पूर्वाधार निर्माण गरिएको थियो ।

त्यस्तै ०७७ मा स्थानीय सरकार वडाका वडा नम्बर ७ का वडा अध्यक्षको पहलमा प्रदेश सरकारको बजेटबाट बाटो रेलिङ र पिसीसी बाटो निर्माण गरिएको थियो । 

यो समाचारमा

हुम्लाबाजुराकाठमाडौँबडिमालिका नगरपालिका
जुम्ला7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...