पोखराको सामान्य परिवारको कथा प्रस्तुत गर्दै नयाँ नेपाली सिरियल ‘शक्ति’ युट्युबमा सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

21
Share
Featured
  • नयाँ नेपाली धारावाहिक ‘शक्ति’ रामसार मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जुन प्रत्येक शनिबार प्रसारण हुँदै आएको छ र पोखराको एक सामान्य परिवारको सम्बन्ध, आशा र समर्पणको कथा प्रस्तुत गर्छ।
  • कथामा शिव भट्ट र उनकी पत्नी राधाको परिवार र तिनीहरूको छोरा मोहित र बुहारी मुना मार्फत परिवारको संघर्ष, टाढाको रोजगारी, समझदारी र साहसको जीवन चित्रण गरिएको छ।
  • सिरियलले “परिवार बसाउने शक्ति पैसामा होइन, समझदारीमा हुन्छ” भन्ने सन्देश दिने उद्देश्य राखेको छ, जसलाई निर्देशक सरोज दाहालले सिनेमाटोग्राफी, संवाद र संगीतमार्फत जीवन्त रुपमा प्रस्तुत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नयाँ नेपाली धारावाहिक सिरियल ‘शक्ति’ रामसार मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । प्रत्येक शनिबार प्रसारण हुने यस सिरियल मार्फत पोखराको एक सामान्य परिवारको असल सम्बन्ध, आशा र समर्पणको कथा प्रस्तुत गरिएको छ । 

शिव भट्ट (आरजे सिंह) र उनकी पत्नी राधा (मञ्जु श्रेष्ठ) ले जीवनभर पसिना बेचेर पोखरामा सानो, सुन्दर घर बनाएका छन् । उनीहरूको सन्तान एक्लो छोरा मोहित (सरोज दाहाल) नयाँ पुस्ताको सपना बोकेको युवा, जसको भर्खरै मुना (सुस्मिता बुढाथोकी) सँग विवाह भएको छ ।

बिहेको सातौँ दिन पनि नबित्दै मोहितलाई रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यता आइपर्छ । बुहारी मुना, श्रीमान् विदेशिएको पहिलो बिहानै, सासू–ससुराको हात समात्छिन् र भन्छिन्, ‘हामी तीनजना मिलेर घर बोकेर हिँड्न सक्छौँ, तर मन बोकेर हिँड्न सक्दैनौँ,’ यसै वाक्यबाट सुरु हुन्छ ‘शक्ति’ । 

प्रत्येक एपिसोडले मोहितको टाढाको संघर्ष, राधाको आँसु र मुनाको साहसलाई उजागर गर्छ। शिवजीको दिनचर्या बिहानको चिया बनाउनेदेखि रातको सुस्केरासम्म, राधाको भान्साको धुवाँ र मुनाको हाँसोले दर्शकलाई आफ्नै घरको झ्यालभित्र बोलाउँछ ।

परिवार बसाउने शक्ति पैसामा नभई समझदारीमा हुने सन्देश सिरियलले दिन खोजेको निर्देशक सरोज दाहालले बताए । 

निर्देशक दाहालले भने, ‘हामीले ‘शक्ति’ बनाउँदा प्रत्येक संवाद आफ्नै आमाले भनेको जस्तो लागोस् भनेर मेहनत गरेका छौँ। परिवार बसाउने शक्ति पैसामा होइन, समझदारीमा हुन्छ भन्ने सन्देश दिन खोजेका छौँ।’

सिनेमाटोग्राफर सुमन शाक्यले पोखराको घामे पहाड, तालको छायाँ र बिहानको हुस्सु क्यामेरामा कैद गरेका छन्। 

सम्पादन समेत आफैले गरेका निर्देशक दाहालले परिवारको भावना चित्रलाई काटछाँट नगरिकन जस्ताको तस्तै राख्न खोजिएका छन् । संगीतकार विकास चौधरीको धुनमा सब्बु केसीको स्वर भरेका छन् ।  

यो समाचारमा

युट्युबपोखराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...