मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

15
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालको दबदबा र प्रभावका बीचमा मुख्यधाराका मिडियाहरू संघर्षपूर्ण र सकसपूर्ण तरिकाले सञ्चालन गर्नुपरेको बताएका छन्।
  • उनले एन टिभी वल्र्डको शुभारम्भसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मोबाइल र डिजिटल माध्यममा पनि उपस्थित हुनुपर्ने आवश्यकता औँल्याए, नभए ती केवल इतिहासमा सीमित रहने बताए।
  • मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारणको छतामुनि यी संस्था सञ्चालन हुनु गर्वको कुरा भनेका छन् र ग्राहक तान्न तथा आमसञ्चारको वर्तमान र भविष्य सुनिश्चित गर्न चुनौती स्वीकार गर्नुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताएका छन् । 

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा आमसञ्चारका माध्यमहरु खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले चल्नुपरेको बताए । 

उनले भने, ‘सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले आमसञ्चारका माध्यमहरु मूलधारका मिडियाहरु चल्नु परेको अवस्था छ । यस्तो चौनौतिका बीचमा पनि एन टिभी वल्र्ड सार्वजनिक भएको छ । यसमा कम चुनौती छ भन्ने म मान्दिन् ।’

यस्तै, उनले अलिहेको अवस्था पहिलाभन्दा फरक रहेको भन्दै अब पनि भित्तामा राखेको टेलिभिजनमा मात्र कार्यक्रमहरु देखाउने हो भने इतिहासमा मात्रै सिमित रहने बताए । 

उनले भने, ‘अलिहेको अवस्था पहिलाभन्दा धेरै फरक भइसकेको छ । भित्तामा राखेको टेलिभिजनमा मात्रै हाम्रा कार्यक्रम र समाचारहरु आउने हो भने रेडियो नेपाल र नेपाल टेलिभिजन इतिहास मात्र बन्छ । तर हामी आम सञ्चारको भविष्य र वर्तमान बन्नुछ । त्यसकारण अब हामी मोबाइलमा पनि आउनुपर्यो ।’

नेपालका आमसञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा एनटिभि वल्ड खोलेर मात्र हुँदैन् ग्राहकहरु पनि तान्न सक्नु पर्ने पनि उनको भनाई छ । 

उनले भने, ‘नेपालका आम सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेका छन् । यीनै संकटग्रस्त अवस्थामा एन टिभी वल्र्ड खोलेर मात्र हुदैँन् । ग्राहकहरु पनि आउनुपर्ने हुन्छ । अब हाम्रो लागि चुनौतीको विषय नै यही हो ।’

साथै, उनले रेडियो नेपाल र नेपाल टेलिभिजिनले गर्विलो विरासत र इतिहास कायम गर्न सफल भएको भन्दै यी दुवै संस्था अहिले सार्वजनिक सेवा प्रसारणको एउटा छाताभित्र आउनु गर्वको कुरा भएको बताए ।

यो समाचारमा

काठमाडौँनेपालजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...