बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

8
Share
Featured
  • विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंका मेयर बालेन शाहविरुद्ध सुकुम्बासी बस्तीको पक्षमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • उनी मंसिर ७ देखि अनिश्चितकालीन ‘नेपाल बन्द’ सुरु गर्ने घोषणा गर्दै स्थानीयलाई सहभागी हुन आग्रह गरेका छन्।
  • प्रसाईँले बस्तीमा घर भत्काउनु अघि आधारभूत सुविधा सुनिश्चित गर्न र बालमन्दिर खाली गर्न काठमाडौं महानगरलाई चुनौती दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् ।

सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनिहरुलाई पनि सहभागी हुन आग्रह गरे । सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भने, ‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन ।’

उनले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिए । प्रसाईँले भने, ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस् । भूमीहिनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं ।’

आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दाबी समेत उनले गरे । उनले सुरक्षा दिन सके आफू सुकुम्बासी बस्तीमै बस्न तयार रहेको समेत बताए । प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गरे ।

उनले भने, ‘म गरिबको मान्छे हो, दुर्गा प्रसाईँ भनेको लुगा नलागाएको जोगी हो । तपाईंहरूले सुरक्षा दिनुभयो भने म यही सुकुम्बासी बस्तीमै बस्न तयार छु । अब आउने मंसिर ७ गते तपाईंहरूलाई बचाउने मान्छे पूर्वबाट उदाएको छ । म तपाईंहरूको साथमा सडकमा आउन चाहन्छु, तपाईंहरूलाई बचाउन चाहन्छु ।’

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...