स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

199
Share
Featured
  • हरिविनोद अधिकारीले स्वतन्त्रतालाई केवल अधिकार होइन, जिम्मेवारीको रूपमा बुझ्नुपर्ने बताए — हिजो संघर्ष गरेर प्राप्त गरिएको स्वतन्त्रता आजका पुस्ताका लागि सामान्य लागे पनि यसको मूल्य गहिरो छ।
  • उनले प्रजातन्त्र र स्वतन्त्रता बिना समाजको विकास सम्भव नभएको उल्लेख गर्दै, यसको सही प्रयोग नै स्थिर र समृद्ध समाजको आधार हुने बताएका छन्।
  • स्वतन्त्रताको दुरुपयोगले समाजमा हिंसा र विघटन ल्याउने चेतावनी दिँदै, उनले नागरिक, राजनीतिक दल र नेताहरू सबैले नैतिकता, स्व–नियमन र जिम्मेवारीका साथ स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो

कुनै समय स्वतन्त्रता परतन्त्र र निरङ्कुश शासनको जामाजस्तै थियो

स्वतन्त्रता र प्रजातन्त्रः हिजोको संघर्षदेखि आजको जिम्मेवारीसम्म

हरिविनोद अधिकारी

अहिले हामीले अनुभव गरिरहेको स्वतन्त्रता र प्रजातन्त्र आजका पुस्ताका लागि सामान्य जस्तो लाग्छ, तर हिजोको दिनमा त्यो कुरा दन्त्यकथा जस्तै थियो । त्यसबेला हामी बोल्न पाउँदैन थियौँ ।

बिश्वेश्वर प्रसाद कोइरालाको फोटो लिएर हिँड्न पाउँदैनथियौँ । तर, नेपालभरि माओत्सेतुङका फोटा र रेडबुक सजिलै उपलब्ध थिए । यसमा कुनै रोकथाम थिएन, यो कुरा आजभन्दा ०४६ वर्षभन्दा पहिलेको हो । अझ ०३६ सालभन्दा अघि फर्केर हेर्ने हो भने त्यो समयमा स्वतन्त्रता हनन्को वातावरण कस्तो थियो भन्ने कुरा स्पष्ट हुन्छ । स्वतन्त्रता केवल राजनीतिक मात्र होइन, व्यक्तिगत, सामाजिक, सांस्कृतिक र पारिवारिक स्तरमा पनि महत्वपूर्ण हुन्छ ।

सानो बच्चाले पनि स्वतन्त्रता खोज्छ । परिवारमा बाबु–आमा र छोराछोरीबीच स्वतन्त्रताको माग अनिवार्य रूपमा हुन्छ । तर, ०३६ सालभन्दा पहिलेको नेपालमा चेतनाको हिसाबले स्वतन्त्रता परतन्त्र जस्तो मानिन्थ्यो । म २०४६ सालमा एसएलसी गर्दा पञ्चायत विषय पढ्न बाध्य भएँ । पास हुनका लागि हामीले पञ्चायत विषयमा ज्ञान लिनुपथ्र्यो, तर यसको अर्थ थियो कि हामीलाई स्वतन्त्रतालाई परतन्त्र र निरङ्कुश शासनको जामा पहिराउन सिकाइएको थियो ।

त्यसैले पनि पञ्चायतविरुद्ध मान्छेहरू एकजुट भए । युवाहरूलाई संगठन गर्न नदिने, आफ्ना कुरा राख्दा पक्राउ गर्ने, थुन्ने र जेल पठाउने व्यवस्था थियो । प्रजातन्त्रको माग गर्नु भनेको स्वतन्त्रताको माग गर्नु हो । स्वतन्त्रता बिना प्रजातन्त्र अर्थहीन हुन्छ । विपक्ष र पक्षको जन्म यसै कारण भयो, विपक्षले स्वतन्त्रतालाई आधार बनाएर प्रजातन्त्रको पक्षमा उभियो । त्यसैगरी साम्यवादीहरूले पनि आफ्नै संगठनको लागि आन्दोलन गर्न थाले  ।

बिपी कोइरालाले ‘अजितवादी फर्मुला’ को कुरा उठाएका थिए । त्यो फर्मुला अनुसार इन्डोनेशियामा कमरेड अदितको नेतृत्वमा कम्युनिस्ट आन्दोलन भयो । सुकार्नोको शासनमा धेरै कम्युनिस्टहरु मारिए । नेपालमा पनि स्वतन्त्रताको पक्षमा बोल्नेहरू मारिए । तर स्वतन्त्रताको मूल्य बुझ्दै प्रजातान्त्रिक स्वतन्त्रता आवश्यक भयो । हामीले पढ्न, लेख्न, बोल्न, संगठन गर्न, दल खोल्न, चुनावमा भाग लिन पाउने अधिकार पायौं ।

२०१६ सालपछि जनमत संग्रह र संविधान निर्माणका क्रममा जनताले नयाँ ढङ्गले स्वतन्त्रताको स्वाद पाए । ०३६ सालको आन्दोलनले बहुदलीय प्रजातन्त्रको जग बनायो र पञ्चायत प्रणाली अन्त्य भयो । आज हामी जहाँ छौं, स्वतन्त्रता अझ बढी उपलब्ध छ । तर, त्यस स्वतन्त्रताको उपयोग गर्दा व्यक्तिगत र सामाजिक जिम्मेवारी अझ बढी आवश्यक छ ।

आज सामाजिक सञ्जालको स्वतन्त्रतामा अनेक चुनौती छन् । समाजमा सामाजिक सञ्जालको दुरुपयोग समेत भएको छ । यसमा नियन्त्रण आवश्यक छ तर त्यस्तो नियमन व्यक्तिको स्वतन्त्रता माथि दबाब दिने खालको हुनुहुँदैन । स्वतन्त्रताको आधार व्यक्ति हो । हरेक व्यक्तिले आफ्नो अधिकारको उपयोग गर्दा अरु कसैलाई असर नपर्ने खालको प्रयोग गर्नुपर्छ ।

व्यक्तिगत स्वतन्त्रता धार्मिक, सांस्कृतिक, व्यक्तिगत र पारिवारिक जीवनसँग सम्बन्धित हुन्छ । कोसँग विवाह गर्ने, के खानुपर्ने, के बोल्ने–जस्ता विषयमा स्वतन्त्रता आवश्यक छ । स्वतन्त्रताको सही उपयोगले समाजलाई रुपान्तरण गर्न सक्छ । गलत प्रयोगले समाजमा हिंसा र कलुषित वातावरण ल्याउँछ ।

राजनीतिक दलहरूले जनतामा महत्वाकांक्षा बढाउँछन् । उनीहरूले मेनिफेस्टोमा शिक्षा, संस्कृति, स्वास्थ्य र अन्य सामाजिक आवश्यकता पूरा गर्ने वाचा गर्छन् । तर, सत्ता हातमा आएपछि त्यो वाचा पूरा नगर्ने प्रवृत्ति देखिन्छ । त्यसैले नागरिक र अभियन्ताहरूको जिम्मेवारी हुन्छ कि उनीहरूले दलहरूलाई सही मार्गमा अघि बढाउन मार्गदर्शन र निरीक्षण गर्ने ।

स्वतन्त्रताको मूल्य बुझ्दा, हामीले आफ्नो समाजमा मूल्याङ्कन गर्नुपर्छ । भविष्यका नेताहरूले समाजको नैतिक मूल्य पहिल्याउनुपर्छ, धर्म मात्र पालना गरेर मात्रै नैतिक हुँदैन । सडकमा फोहर फाल्न नहुने व्यवहार, सार्वजनिक स्थलमा अनुशासन, व्यक्तिको अधिकारको सम्मान, यी सबै मानव स्वतन्त्रताको उपयोग हुन् ।

स्वतन्त्रताको उपयोग गर्दा स्व–नियमन आवश्यक छ । सरकारले कानुन बनाएर मात्र नियमन गर्दा दमन हुने खतरा हुन्छ । मान्छेको आधारभूत आवश्यकता – शिक्षा, स्वास्थ्य, सुरक्षा, आवास र खाना उपलब्ध गराइएपछि स्वतन्त्रता थप सन्तुलित हुन्छ । स्वतन्त्रता बिना यी आवश्यकताहरूको संरक्षण सम्भव हुँदैन ।

स्वतन्त्रताको संरक्षणले विद्रोहलाई रोक्ने काम गरेको हुन्छ । जब मान्छेले स्वतन्त्रता पाउँदैन तब उसले, विद्रोह सुरु गर्छ । त्यसैले नेताहरूको जिम्मेवारी हो कि उनीहरूले स्वच्छ नेतृत्व र पारदर्शिता देखाउँदै स्वतन्त्रताको संरक्षण गर्ने । बिपी र गिरिजाबाबुको संवादले यही कुरा देखाउँछ कि स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण हो । जेलमा राख्दा पनि मान्छेले आफ्नो स्वतन्त्रता खोज्ने हुन्छ ।

स्वतन्त्रता केवल प्राप्त गर्ने मात्र होइन, समाजलाई रुपान्तरण गर्ने माध्यम पनि हो । भावी पुस्ताले सही–गलत पहिचान गरी नैतिक बाटो अपनाउनुपर्छ । लोकतान्त्रिक प्रणाली, सांस्कृतिक र धार्मिक विविधता, प्राकृतिक सम्पदा र मानव अधिकारको संरक्षण गरेर मात्र देश प्रगतिशील हुन्छ ।

नेपालमा प्राकृतिक सम्पदा, सांस्कृतिक र धार्मिक सम्पदा, शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध छ । तर यी स्रोतहरूको सही उपयोग र स्वतन्त्रताको सम्मानले मात्र समाज स्थिर र समृद्ध रहन्छ । स्वतन्त्रता उपभोग गर्नुपर्छ, तर आफुले प्रयोग गरेको स्वतन्त्रताले अरुलाई असर नपर्नेगरी अघि बढ्नुपर्छ । हाम्रा वर्तमान र भविष्यका पुस्ताका लागि पनि मुख्य सन्देश यहि नै हो ।

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । त्यसको सही उपयोगले समाज रुपान्तरण हुन्छ, गलत उपयोगले विघटन ल्याउँछ । स्वतन्त्रताको वास्तविक मूल्य बुझ्न, व्यक्तिले आफ्नो अधिकारको जिम्मेवारी बुझ्न आवश्यक छ । यही आधारमा लोकतन्त्र, न्याय र समाजको स्थिरता सुनिश्चित हुन्छ ।

आजको नेपालमा उपलब्ध स्वतन्त्रता र अधिकारहरू पूर्व–सत्ता कालसँग तुलना गर्दा धेरै फरक छन् । तर त्यो स्वतन्त्रता सदुपयोग गर्न नागरिक र दलहरू दुवै जिम्मेवार छन् । समाजको नैतिक मूल्य, कानूनी नियम र व्यक्तिगत जिम्मेवारीको समन्वयले मात्र वास्तविक स्वतन्त्रता सुनिश्चित हुन्छ ।

अन्ततः स्वतन्त्रता सबैभन्दा मूल्यवान् हो, तर यसको संरक्षण र प्रयोगमा विवेक, नैतिकता र स्व–नियमन अनिवार्य छ । यही शिक्षा हामीले भोलिका पुस्तालाई दिनुपर्छ, ताकि लोकतन्त्र, समाज र नागरिक स्वतन्त्रता सँधैं सुरक्षित रहोस् ।( फ्रिडम फोरम नेपालका अध्यक्ष अधिकारीसँग नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

यो समाचारमा

काठमाडौँनेपालबिश्वेश्वर प्रसाद कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको महाधिवेशन: नयाँ नेतृत्व, नयाँ विचार र संगठनभित्रको शक्ति परीक्षण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको मात्र होइन, पार्टीको भावी राजनीतिक दिशा, संगठनभित्रको शक्ति सन्तुलन र आन्तरिक चुनौतीहरू पनि स्पष्ट रूपमा उजागर गरेको छ। केही दिनसम्म चलेको यो महाधिवेशनलाई धेरैले रास्वपाको अहिलेसम्मकै सबैभन्दा ठूलो आन्तरिक राजनीतिक परीक्षा पनि मानेका छन्।सभापति

    Data is loading...

    Loading brands...

    Loading footer...