काठमाडौँ
बलिउड सुपरस्टार शाहरुख खानको आगामी चलचित्र ‘किंग’ भारतको सबैभन्दा ठूलो एक्शन फिल्म बन्ने तयारीमा छ। सिदार्थ आनन्द निर्देशित यो एक्शन थ्रिलरको कुल बजेट करिब ३५० करोड रुपैयाँ निर्धारण गरिएको छ, जसमा प्रचार र अन्य खर्च समावेश गरिएको छैन। फिल्मलाई भारतीय दर्शकका लागि वैश्विक स्तरको दृश्यात्मक अनुभव दिने लक्ष्य राखिएको छ।
सुरुवाती रुपमा फिल्मलाई सुजॉय घोषले निर्देशन गर्ने योजना थियो र प्रारम्भिक बजेट १५० करोड मात्र राखिएको थियो। तर सिदार्थ आनन्दको समावेशीपछि फिल्मको स्केल बढ्दै गएर नयाँ एक्शन सेन्सहरू थपिएको छ। शाहरुख खानले निर्देशकलाई पूर्ण स्वतन्त्रता दिएका थिए र निर्देशकले ३५० करोड रुपैयाँको बजेट प्रस्ताव गरेका थिए।
फिल्ममा छ वटा ठूला एक्शन दृश्य समावेश छन्, जसमा तीन वास्तविक स्थानमा र तीन विशेष सेटमा फिल्मिङ गरिएको छ। फिल्मको प्रमुख आकर्षण शाहरुख खानको भव्य प्रवेश दृश्य हुनेछ, जसमा ठूलो बजेट खर्च गरिएको छ। यस फिल्मको निर्माण गौरी खान र ममता आनन्दले गरेका हुन् र यो २०२६ मा रिलिज हुने योजना छ।
‘किंग’ फिल्मले शाहरुखको छोरी सुहाना खानको बलिउड डेब्यु पनि हुने छ। फिल्ममा दीपिका पादुकोण, अभय वर्मा, अर्शद वारसी, अभिषेक बच्चन, जयदीप अहलावत, राघव जुयाल लगायतको स्टार कास्ट छ। रानी मुखर्जी, अनिल कपूर, ज्याकी श्रॉफ, सौरभ शुक्ला, अक्षय ओबेरोई र करणवीर मल्होत्रा पनि फिल्ममा समावेश हुन सक्ने चर्चा छ।