विश्वभर फैलिँदै चिनियाँ ई–ट्रकको प्रभाव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार ०९:५९

13
Share
Featured
  • विश्वभर दिगो ढुवानी प्रवृत्ति बढ्दै जाँदा चिनियाँ विद्युतीय भारी ट्रकहरूको माग तीव्र रूपमा बढेको छ।
  • सानी ट्रकजस्ता कम्पनीहरूको अन्तर्राष्ट्रिय बिक्री उल्लेख्य रूपमा बढ्दै, २०२५ मा निर्यातको ४०% र २०२६ मा ५०% विद्युतीय हुने अनुमान गरिएको छ।
  • यस प्रवृत्तिले कार्बन उत्सर्जन घटाउँदै चीनलाई विश्व बजारमा अझ सशक्त प्रतिस्पर्धी बनाइरहेको विश्लेषकहरूको मूल्यांकन छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्वीडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् ।

अर्जेन्टिनाका एक खरीदकर्ताले यूरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् ।

चीनका प्रमुख भारी ट्रक उत्पादक कम्पनी सानी ट्रकका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय बिक्री उल्लेख्य वृद्धि भएको छ । विशेषगरी विद्युतीय मोडलहरूको हिस्सा निरन्तर बढ्दो अवस्थामा छ ।

सानी ट्रकका विदेश बजार महाप्रबन्धक लिउ फेङफेङका अनुसार, ‘सन् २०२५ मा हाम्रो कुल निर्यातको ४० प्रतिशत विद्युतीय ट्रक हुने अनुमान छ । यो हिस्सा सन् २०२६ सम्म आधा अर्थात् ५० प्रतिशत पुग्नेछ,’ उनले जानकारी दिए ।

चीनको ट्रक बजारअनुसन्धान गर्ने बेइजिङस्थित एक संस्थाका तथ्यांकअनुसार, २०२५ को पहिलो छ महिनामा विद्युतीय मोडलहरूले भारी सवारी बिक्रीको २२ प्रतिशत हिस्सा ओगटेको छ, जुन २०२४ को सोही अवधिभन्दा ८ प्रतिशत बढी हो ।

विद्युतीय मालढुवानी प्रवद्र्धनसंगै कार्बन उत्सर्जनमा कमी आउने मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चीनको भूमिका झनै मजबुत हुँदै गएको विश्लेषकहरूको भनाइ छ ।

यो समाचारमा

उरुग्वेस्वीडेनकाठमाडौँचीन
अर्जेन्टिना4 more

ट्यागहरू

#प्रतिस्पर्धा#जानकारी#चीन#चिनियाँ बजार#ढुवानी#प्रदर्शनी#ढुवानी लागत#प्रदर्शन#चिनियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू